• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीशले बोलाएको पूर्ण बैठकमा १४ न्यायाधीश नजाने

प्रधानन्यायाधीशले बोलाएको पूर्ण बैठकमा १४ न्यायाधीश नजाने


समायोजन खबर
  • सोमबार, कार्तिक ८ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात (फुल कोर्ट)मा १४ न्यायाधीश सहभागी नहुने भएका छन्।

    एजेन्डाबारे छलफलै नगरि प्रधानन्यायाधीशले बैठक बोलाएको भन्दै न्यायाधीशहरुले बहिष्कार गर्ने निर्णय गरेका हुन् । फुल कोर्ट बहिष्कार गर्ने निर्णय गरेका सर्वोच्चका १४ जना न्यायाधीशले आज बिहान ११ बजेदेखि प्रधानन्यायाधीशका कामकारबाहीबारे आफ्नो छलफललाई निरन्तर दिने भएका छन्।

    छलफल नसकिएसम्म आज तोकिएका इजलासमा नबस्ने उनीहरूले बताएका छन्। न्यायाधीशहरू हिजो छलफलमा रहेकै बेला प्रधानन्यायाधीश जबराले आज १ बजे बारका पदाधिकारीसँगै ुफुल कोर्टु बस्ने सूचना पठाउनु भएको थियो।

    न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने र कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि वितरण गर्नेबारे एजेण्डासहित फुल कोर्ट बस्ने प्रधानन्यायाधीशको सूचनाले न्यायाधीशहरूलाई थप आक्रोशित बनाएको छ।

    न्यायालयको गरिमा र स्वतन्त्रताबारे सर्वत्र बहस हुँदा सहकर्मी न्यायाधीशहरूसँग एक पटक पनि छलफल नगरेका प्रधानन्यायाधीशले वरिष्ठ अधिवक्ताको उपाधि बाँडेर विषयान्तर गर्न खोजेको भन्दै न्यायाधीशहरूले फुल कोर्ट बहिष्कार गर्ने निर्णय गरेका हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology