• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ : आत्महत्या गर्नेको डरलाग्दो तथ्यांक, तीन वर्षमा १७६ जनाले गरे आत्महत्या

खोटाङ : आत्महत्या गर्नेको डरलाग्दो तथ्यांक, तीन वर्षमा १७६ जनाले गरे आत्महत्या


समायोजन खबर
  • आइतबार, कार्तिक ७ २०७८

  • समायोजन खबर खोटाङ, खोटाङमा आत्महत्या गर्नेको संख्या वर्षैपिच्छे बढ्दै गएको पाईएको छ। पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा झुण्डिएर तथा विष सेवन गरेर आत्महत्या गर्नेको संख्या दैनिक बढिरहेको पाईएको छ। आत्महत्या गर्ने क्रम निरन्तर उकालो लागिरहेको छ।

    आर्थिक वर्ष २०७५/०७६ मा ३२ जना पुरुष, १८ जना महिला, २ जना वालवालिका, आर्थिक वर्ष २०७६/०७७ मा २५ जना पुरुष, १२ जना महिला, १२ जना वालवालिका तथा आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म ४७ जना पुरुष, २० जना महिला र ८ जना वालवालिकाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो।

    तीन वर्षमा सवैभन्दा बढी पुरुषले आत्महत्या गरेको तथ्यांक छ। १०४ जना पुरुषले आत्महत्या गर्दा ५० जना महिला र २२ जना वालवालिकाले आत्महत्या गरेका छन्। पछिल्लो आर्थिक वर्षमा मात्रै ७५ जनाले आत्महत्या गरेको देखिन्छ। यसरी हेर्दा तीन वर्षमा १७६ जनाले आत्महत्या गरेका छन्।
    जातियताको आधारमा दलित ३० जना, क्षेत्री वाहुन २६ जना र जनजाति १०१ जनाले आत्महत्या गरेको प्रहरीसँग तथ्यांक छ। यस्तै, समयलाई हेर्दा राती १२ वजेदेखि भोलिपल्ट विहान ६ वजेसम्म १४ जना, विहान ६ वजेदेखि मध्यान्ह १२ वजेसम्म ६० जना, मध्यान्ह १२ वजेदेखि साँझ ६ वजेसम्म ६२ जना र साँझ ६ वजेदेखि राती १२ वजेसम्म ३१ जनाले आत्महत्या गरेको देखिएको प्रहरी निरीक्षक साहले बताउनुभयो।

    धनी वर्गका २.२७ प्रतिशत, गरीव वर्गका ६८.१८ प्रतिशत तथा मध्यम वर्गीय परिवारका २९.५५ प्रतिशतले आत्महत्या गरेका छन् भने, एकल परिवारमा ७६.७० प्रतिशत र संयुक्त परिवारमा २३.३० प्रतिशतले आत्महत्या गरेको देखिन्छ। वैवाहिक अवस्थामा विवाहित ७३.०७ प्रतिशत तथा अविवाहित ३६.९३ प्रतिशत र शैक्षिक योग्यताका आधारमा साधारण लेखपढ गरेका ६८.१८ प्रतिशत, १० कक्षा उतिर्ण गरेका २५ प्रतिशत तथा सोभन्दा माथिका ७.८२ प्रतिशतले आत्महत्या गरेको देखिएको छ।
    कुन पालिकामा कतिले गरे आत्महत्या !
    पछिल्लो तीन वर्षमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४४ जना, हलेसी तुवाचुङ नगरपालिकामा २१ जना, रावाबेंशी गाउँपालिकामा ११ जना, केपिलासगढी गाउँपालिकामा १४ जना, ऐसेलुखर्क गाउँपालिकामा १७ जना, साकेला गाउँपालिकामा १४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १२ जना, खोटेहाङ गाउँपालिकामा १८ जना, जन्तेढुंगा गाउँपालिकामा ५ जना, वराहपोखरी गाउँपालिकामा ११ जनाले आत्महत्या गरेका छन्।

    तथ्यांक अनुसार सवैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४४ जना तथा सवैभन्दा कम जन्तेढुंगा गाउँपालिकामा ५ जनाले झुण्डिएर तथा विष सेवन गरेर आत्महत्या गरेको देखिन्छ।
    किन हुन्छ बारम्बार आत्महत्या !
    प्रहरीका अनुसार पारिवारीक संघर्ष, गम्भीर नकरात्मक जीवन घट्ना वा तनाव, विगतमा परिवारमा भएको सफल आत्महत्या प्रयास, पिर चिन्ता, लागूऔषध दुव्र्यसनी तथा गम्भीर शाररिक अस्वस्थताका कारण आत्महत्या हुने गरेको छ । मूतलः आत्महत्या गर्नुको पछाडी व्यक्ति, परिवार र समाज मुख्य कारण भएको प्रहरी सर्वेक्षणले बताउँछ।
    आत्महत्या हुन नदिन के गर्ने ?
    प्रथमतः आत्महत्या गराउन सक्ने तरिकाको पहुँच घटाउने, किटनाशक औषधि, डोरीको पहुँच घटाउने, मानशिक समस्या भएका बिरामीको समयमा उपचार गराउने, विगतमा आत्महत्याको प्रयासलाई पत्ता लगाई निर्मुलन गर्ने तथा कुनै पनि व्यक्तिको दैनिक व्यवहारको निगरानी गर्ने गरेमा आत्महत्या घटाउन सकिनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology