• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रथम किराती राजा यलम्बरको सय फिट अग्लो सालिक बुईपामा राखिने

प्रथम किराती राजा यलम्बरको सय फिट अग्लो सालिक बुईपामा राखिने


समायोजन खबर
  • बिहिबार, कार्तिक ४ २०७८

  • सालिकको शिलान्यास गरिदै।

    समायोजन खबर खोटाङ, खोटाङमा ‘प्रथम किराती राजा यलम्बर हाङ्ग’को पूर्णकदको सालिक सहित यलम्बर पार्क निर्माण गरिने भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित पञ्चदोबाटोमा एक सय फिट अग्लो यलम्बरको सालिक सहित पार्क निर्माण हुने भएको हो।

    सगरमाथा राजमार्गको गाईघाट–महुरे सडकखण्डमा पर्ने पञ्चदोबाटोमा निर्माण हुने सालिकको बुधबार किराती परम्परा अनुसार धामी(नछुङ)बाट विधी गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले शिलान्यास गर्नुभयो।

    ३३ रोपनी सरकारी जग्गामा निर्माण हुने सालिक निर्माणको ठेक्का उमा तवाचुङ अनसुवी जेभीले पारेको छ। प्रदेश सरकार र नगरको संयुक्त लगानी १० करोड १० लाख लागतमा निर्माण हुने सालिक फाइवरको बनाईनेछ। पिल्लरमा फलामको सपोट राखेर यलम्बरको सालिक राखिने तुवाचुङ कन्ट्रक्सन प्रालिका प्रवन्ध निर्देशक सुनिल राईले बताउनुभयो। राईका अनुसार वाबु, आत्मघर र बगैचा पनि निर्माण गरिनेछ।
    १८ महिनामा सालिक निर्माणको काम सक्नेगरी जेभीले २०७८ असार २८ गते नगरपालिकासँग सम्झौता गरेको छ। सम्झौता अवधिभित्रै गुणस्तरीय र विवादरहित काम गरेर देखाउने राईले प्रतिवद्धता जनाउनुुभयो। राईले यसअघि गरेका विकास निर्माणका कामहरु पनि सम्झौता अगावै सम्पन्न गरेर सफल निर्माण व्यवसायीको परिचय दिईसकेका छन्।

    सालिक निर्माणस्थल वरपर आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ मा नगरपालिकाले व्यहोर्ने रकमको ३० प्रतिशतभित्रबाट करीव डेढ करोड लगानीमा उपभोक्ता समितिमाफर्त प्रवेशद्धार, कम्पाउण्ड वाल, सिंढी, क्वाटरसहित सुरक्षाकर्मी बस्ने घर, कफि सप, रेष्टुरेण्ट लगायत पार्क निर्माण गरिसकिएको छ। सालिक र पार्क निर्माण सम्पन्न गर्नमा प्रदेश १ सरकारको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत खर्च गरी जम्मा १४ करोड खर्च हुने जनाईएको छ।
    बुईपामा सालिक निर्माण भईसकेपछि सो ठाउँ ऐतिहासिक केन्द्र बन्ने, स्थानीयले रोजगारी पाउने, सयौंको संख्यामा आन्तरिक तथा वाह्य पर्यटक घुमफिरका लागि आउँदा होटल व्यवसाय फस्टाउने नगरप्रमुख रिजालले बताउनुभयो। यलम्बरको सालिक निर्माणको आयोजनालाई प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको छ। नगरप्रमुख रिजालले भन्नुभयो, ‘हाम्रो महत्वपूर्ण र दूरगामी आयोजनाले पर्यटन प्रवद्र्धनमा सबैभन्दा ठूलो सघाउँ पुग्नेछ।’

    यलम्बर पार्कलाई थप चर्चा र पर्यटकीय हब बनाउनका लागि मुन्धुम ट्रेलको इन्ट्री प्वाइन्ट नै बुईपामा बनाउन सबै लाग्नुपर्ने नगरप्रमुख रिजालको भनाई छ। माझकिरात वस्तीमा बन्न लागेको यलम्बरको सालिकलाई निर्माण भएका मध्येमा सबैभन्दा अग्लो र ठूलो सालिक हुने दाबि गरिएको छ।

    यलम्बर हाङ्गले गोपाल वंशलाई पराजित गर्दै ५ हजार ८१ वर्ष पहिला देशको शासन सत्ता चलाएकोे ईतिहास पाईन्छ। यलम्बर हाङ्गलाई सामाजिक शुद्धिकरणका काम गर्ने लोकतान्त्रिक राजा भन्ने पनि गरिन्छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology