• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नाै युवकद्वारा तीन किशाेरीमाथि सामूहिक बलात्कार

नाै युवकद्वारा तीन किशाेरीमाथि सामूहिक बलात्कार


समायोजन खबर
  • आइतबार, असोज ३१ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर, सिन्धुलीको कमालामाई नगरपालिका ५ बोझेका तीन किशोरीमाथि सामूहिक बलात्कार भएको छ। तीन बालिकालाई त्यही ठाउँमा बस्ने नौ युवकले हिजो शनिवार राति बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    कार्यालयका प्रहरी निरीक्षक  रामभक्त भट्टराईले बलात्कार गर्नेमध्ये २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई पक्राउ गरिएको जानकारी दिनुभयो। बाँकी ६ जना फरार रहेका र उनीहरूको खोजी भइरहेको उहाँले बताउनुभयो।

    बलात्कृत हुने किशोरीहरू १५, १६ र १७ वर्षका रहेको बताइएको छ। बलात्कृत किशोरीका अभिभावकले किटानी जाहेरी दिइ यस घटनामा संलग्नलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मेडिकल जाँचका क्रममा पनि तीन किशोरीमाथि बलात्कार भएको खुलेको जनाइएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology