• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खेलप्रेमीलाई खुशीको खबर : नेपाल साफ च्याम्पियनशिपको फाइनलमा

खेलप्रेमीलाई खुशीको खबर : नेपाल साफ च्याम्पियनशिपको फाइनलमा


समायोजन खबर
  • बुधबार, असोज २७ २०७८

  • समायोजन खबर, नेपाल साफ च्याम्पियनशिपको फुटबलको फाइनलमा पुगेको छ। आज भएको खेलमा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो।

    आज बुधवार मालेको राष्ट्रिय रङ्गशालामा भएको खेल एक(एकको बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो। योसँगै नेपालले २८ वर्षको पर्खाइ भङ्ग गरेको हो। सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनशिपमा नेपाल १३ औँ संस्करणमा आइपुग्दा पहिलो पटक फाइनलमा पुग्यो।

    खेलको नवौँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। नेपालका लागि अञ्जन विष्टले खेलको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन्।

    खेलको ७९ औँ मिनेटमा गोलकीपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि उनको ठाउँमा अशरफुल राना आएका थिए।

    आजको जितसँगै नेपाल चार खेलमा सात अङ्कसहित फाइनलमा पुगेको हो। चार खेल खेलेको नेपालले दुईमा जित, एकमा हार र एकमा बराबरी खेलेको हो। फाइनलमा पुग्न नेपाललाई आजको खेलमा कम्तीमा पनि बराबरीको नतिजा चाहिएको थियो।

    आज हारेको बङ्गलादेश चार खेलमा पाँच अङ्कसहित प्रतियोगिताबाटै बाहिरिएको छ। अब नेपालले फाइनलमा आज नै हुने अर्को खेल ९भारत र माल्दिभ्स० को विजेतासँग खेल्नेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology