• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मुगु बस दुर्घटना अपडेटः २४ जनाको घटनास्थलमै मृत्यु

मुगु बस दुर्घटना अपडेटः २४ जनाको घटनास्थलमै मृत्यु


समायोजन खबर
  • मंगलबार, असोज २६ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर, मुगुमा भएको बस दुर्घटनामा २४ जना घटनास्थालमै मृत्यु भएको छ। साे दुर्घटनामा परी २४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताउनुभयो ।

    उहाँले भन्नुभयो ,”अहिलेसम्म २४ जनाको शव घटनास्थलमा भेटिएको छ । १४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानका अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको छ ।

    नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको बस मंगलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो । भे १ ख ३१६७ नम्बरको बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको प्रजिअ महतले बताउनुभयो ।

    बस दुर्घटनापछि उद्दारका लागि घटनास्थलमा हाल नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको छ । सडकबाट खसेको बस क्षतविक्षत भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।घाइतेहरुकाे अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology