समायोजन खबर खोटाङ, नेपाली कांग्रेस खोटाङका युवा नेता रमेशकुमार राउतले बिचार बिबेक र निष्ठा सहितको पार्टी संगठन निर्माणका लागि आफूले हलेसी नगर सभापतिमा उम्मेद्वारी दिने बताएका छन्।
देखिने र सुनिने मात्र नभई जनताले अनुभुति गर्न सक्ने पार्टी र नेतृत्व निर्माणका लागि शनिबार हुन लागेको कांग्रेस हलेसीको पहिलो नगर अधिवेशनमा राउतले सभापतिको उम्मेद्वारी दर्ता गर्ने जनाएका छन्।
संगठनभित्रका इमान्दार कार्यकर्ताको संरक्षण, उचित मुल्यांकनका साथ भुमिका र जिम्मेवारी बितरणका लागि, आफू जित्न सक्ने, पार्र्टीलाइ जिताउन सक्ने जुझारु, कृयासिल पार्टी नेतृत्व र कार्यकर्ता पंक्ति निर्माणका लागि मेरो भोली सभापतिको उम्मेद्वारी दर्ता हुन्छ। राउतले भने, ‘आम जनताको जनजिबिकासँगै बिकास निर्माण लगायतसँग सम्बन्धित बिषयको उठान र कार्यान्वयनका लागि वडा, नगर, प्रदेस र केन्द्र सरकार माथी बलियो दबाब सृजना गर्नका लागि मेरो सभापतिको उम्मेद्वारी हो।’
राउतको टिममा नगर उपसभापतिमा दिनेश राई, धन बहादुर खड्का, नगर सचिवमा फडिन्द्र राई, केशव श्रेष्ठ, नगर सहसचिवमा लम्बर राई र जुना राई छन्। स्थानीय संरचना निर्माणपछि कांग्रेसको हलेसी नगर अधिवेशन पहिलो हो।
यसैविच, जिल्लाको दश वटा पालिकामा अधिवेशनको तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकृत विकास विकास भट्टराईले जानकारी दिनुभयो। कांग्रेसको सातौ जिल्ला अधिवेशन अन्तर्गत शनिबार दुई नगरपालिका र आठ गाउँपालिकामा नगर/गाउँपालिका अधिवेशन हुंदैछ।
छुटाउनु भयो कि,कांग्रेसजनको अन्तर हृदयको आवाज बोल्ने समुहबाट मेरो उम्मेद्वारी
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology