• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ढुक्क भएर सहयोग गर्नुहोस, कांग्रेसको उचाई बढाउँछौ

ढुक्क भएर सहयोग गर्नुहोस, कांग्रेसको उचाई बढाउँछौ


समायोजन खबर
  • शुक्रबार, असोज ८ २०७८

  • समायोजन खबर खोटाङ, जिल्लाका दुई नगरपालिका मध्ये हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेस नगर सभापतिको उम्मेद्वारी दिने घोषणा गरेका चक्रकुमार राईको टिमबाट हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका हालको निर्वाचित वडाध्यक्ष किशोर कुमार वस्नेतले नगर सचिवको उम्मेद्वारी घोषणा गरेका छन्।

    मुलुकमा नयाँ संरचना बनिसकेपछि कांग्रेसको हलेसी नगर अधिबेशन पहिलो अधिबेशन हो। ‘कांग्रेसको राजनीति गर्ने सवै पुस्ताको सम्बोधन गर्न’ नगर सचिवको उम्मेद्वारी घोषणा गरेका वस्नेतसँग ९ असोजमा हुने अधिबेशनलाई लिएर समायोजन खबर डटकमले कुराकानी गरेको छ।
    नगर सचिवको उम्मेद्वारी घोषणा गर्नुभएको छ । तयारी चाँहि कस्तो छ ?
    सम्पूर्ण वडा सभापति तथा अधिकतम क्षेत्रिय प्रतिनिधिको समर्थन छ। साथै पालिकाभित्रका सम्पूर्ण क्षेत्रिय प्रतिनिधिहरुसँगको समन्वय र सामिप्यता छ। सवै साथीभाईहरुको सकारात्मक सहयोग र हौसला भएकाले तयारी एकदमै राम्रो छ।
    तपाई कुन टिमबाट नगर सचिवको उम्मेदवारी दिनुहुने हो ?
    हाल जिल्लामा देखिएका महत्वपूर्ण व्यक्तिहरु पूर्व पार्टी सभापति विष्णुकुमार राई, वर्तमान पार्टी सभापति नरेश कुमार श्रेष्ठ, क्षेत्र नं. १ का क्षेत्रिय सभापति एवंम् हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई, नेविसंघ सभापति राजकुमार वस्नेत लगायत भएको सर्वसहमत पक्षवाट मेरो उम्मेद्वारी हो।
    क्षेत्रीय प्रतिनिधि कहाँ जानु भा होला, तपाईप्रती कस्तो छ क्रेज ?
    व्यक्तिगत रुपमा मेरो त राम्रौ क्रेज छ। त्यसमा पनि हाम्रो पालिकाको हकमा सिङगो टिमलाई पूर्णरुपमा जित्ने जिताउने क्रेज छ।
    नगर सचिव जित्नुहुन्छ ? जित्ने कारणहरु केके हुन् ?
    नगर सचिव जित्ने पक्कापक्की छ। जस्तो केही कारणहरु छन्। हलेसी तुवाचुङ नगरपालिकाको जनप्रतिनिधिको रुपमा काम गरिरहंदा हरेक नेता, कार्यकर्ता, र जनतावाट सकरात्मक हौसला प्रदान भईरहनु, भौगोलिक राजनीतिको पहिचान गर्नु, राजनीति तथा सामाजिक सेवाको पुस्तान्तरण हुनु, आफै वा पदको जिम्मेवारी पूरा गर्ने क्षमता हुनु लगायत हुन्।
    क्षेत्रीय प्रतिनिधिहरुलाई के भन्नू हुन्छ ?
    ढुक्क भएर यो सिङगो टिमलाई सहयोग गरेर हेर्नुहोस, हलेसी तुवाचुङ नगरपालिकाको कांग्रेसको उचाई चुलिनेछ। महशुष गर्नेगरी कामहरु गरेर देखाउनेछौ।
    छुटाउनु भयो कि,कांग्रेसको राजनीति गर्ने सवै पुस्ताको सम्बोधन गर्न मेरो उम्मेद्वारी

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology