• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एमसीसी उपाध्यक्ष सुमार र नेपालबीच भेटवार्ता,सहमतीमा मात्रै एमसीसीलाई अघि बढाउन सकिने धारणा

एमसीसी उपाध्यक्ष सुमार र नेपालबीच भेटवार्ता,सहमतीमा मात्रै एमसीसीलाई अघि बढाउन सकिने धारणा


समायोजन खबर
  • बिहिबार, भाद्र २४ २०७८

  • समायोजन खबर,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीचको सहमतीमामात्रै एमसीसीलाई अघि बढाउन सकिने धारणा राख्नु भएको छ।

    पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीसँग बिहीबार सिंहदरबारमा भएको भेटमा सत्तारुढ दलहरुबीच सहमती गरेर मात्रै सो सम्झौंतालाई अघि बढाउन सकिने पार्टी अडान रहेको जानकारी गराउनु भएको हो। त्यसक्रममा उहाँले नेपाली जनतालाई कन्भिन्स गराएर मात्रै सो सम्झौता अघि बढाउनुपर्ने अवस्था रहेको रहेको पनि बताउनुभयो।

    त्यसक्रममा फातीमाले एमसीसी कुनै सैन्य रणनीति अन्तरगतको कार्यक्रम नभएको भन्दै अध्यक्ष नेपाललाई आश्वास्त बनाउन खोज्नु भएको थियो। यता अध्यक्ष नेपालले भने एमसीसीबारे भ्रमपूर्ण सन्देश दिने काम स्वयम् अमेरिका सरकारबाट भएको पनि बताउनु भएको भेटमा सहभागी नेकपा (एकीकृत समाजवादी)का कार्यालय सचिव डा.गंगालाल तुलाधरले जानकारी दिनुभयो। उहाँले भन्नु भयो, ‘राष्ट्रहितभन्दा बाहिर गएर सो सम्झौंता अघि बढन सक्दैन भन्ने कुरामा हामी दृढ छौं। हामी कमसेकम पनि पाँच पार्टीको बीचमा सहमती बनाएर यो कुरा गर्ने कि नगर्ने निर्णयमा पुग्छौं। राजनीतिक दलहरु जो सरकारमा सामेल छन। ती सबै राजनीतिक दलहरुको कन्सर्नको कुरा हो। त्यसैले हामीहरु आफू पनि छलफल गरेर सहमतीमा अघि बढछौं।’

    करिव ढेड घण्टा भएको भेटवार्तामा उपाध्यक्ष सुमारले एमसीसी दवाव दिएर पारित गराउने पक्षमा आफूहरु नरहेको पनि बताउनुभएको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ। एमसीसीका उपाध्यक्ष सुमारको टोलीले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गरेको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology