• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एमालेलाई दुई महिनामा जस्ताको त्यस्तै पार्टीको रुपमा उभ्याउँछौ : भट्टराई

एमालेलाई दुई महिनामा जस्ताको त्यस्तै पार्टीको रुपमा उभ्याउँछौ : भट्टराई


समायोजन खबर
  • मंगलबार, भाद्र २२ २०७८

  • समायोजन खबर खोटाङ, नेकपा एमालेका केन्द्रीय सदस्य तथा खोटाङ ईन्चार्ज विशाल भट्टराईले दुई महिना भित्रमा एमालेलाई जस्ताको त्यस्तै पार्टीको रुपमा उभ्याउने बताएका छन्। माधव नेपालले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी दल दर्ता गरेपछि पार्टी फुटबाट पुगेको क्षतिलाई मध्यनजर गर्दै दुई महिनामै पार्टीलाई जस्ताको त्यस्तै बनाउने बताएका हुन्।

    पार्टी विभाजनपछि भदौ १९/२० गते बसेको जिल्ला कमिटीको एघारौं पूर्ण वैठकको निर्णय सार्वजनिक गर्न सोमबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भट्टराईले खोटाङमा दुई महिनाभित्र एमालेलाई जस्ताको त्यस्तै पार्टीको रुपमा उभ्याउने मात्रै नभएर थप अरु पार्टीवाट एमालेमा सयौं मान्छे भित्र्याउनेसम्मको काम गरिने बताए।

    जसका लागि तत्काल दशैवटा पालिकामा संगठन विस्तारको महाअभियान संञ्चालन गरिने भट्टराईले बताए। महाअभियानमा सयजना नेता कार्यकर्ता खट्नेछन्। हप्ता दिनमा जिल्लाको ७९ वडाका साविकका नौ/नौ वडामा टोल कमिटी निर्माण गर्छौ। भट्टराईले भने, ‘यसमा कुनै विलम्ब हुदैंन। सबैलाई खटाएका छौ, प्रशिक्षण दिएका छौ,उहाँहरु हप्ता दिनभित्र प्रत्येक साविकका वडामा जानुहुनेछ।’

    संगठन विस्तारको महाअभियानपछि वडा र गाउँस्तरको प्रशिक्षण कार्यक्रम गछौ। ६ कार्तिकमा ७९ वडामा वडा अधिबेशन र ९ कार्तिकमा पालिका अधिबेशन गर्नेछौ। नेकपा एमालेको विजय अभियान निरन्तर जारी रहन्छ, अविराम जारी रहन्छ र अविश्रान्त रुपमा हामी संगठन विस्तार र विजय अभियानमा लागिरहन्छौ। जिल्लाको स्वास्थ्य क्षेत्र र विकास निर्माणले ठूलो फड्को मारेको भट्टराईले दाबी गरे।

    वैठकले नेकपा एमाले जिल्ला कमिटीलाई २०७५ जेठ २ मा फर्काएको भट्टराईले बताएका छन्। एमाले जिल्ला कमिटी २०७५ जेठ २ मा गयो तर, पार्टीमै नआएको मान्छे राख्न मिलेन, आईदिनु भएन त्यसकारण उहाँ (बबि चाम्लिङ)लाई राख्न सकिएन। हर संम्भव कोशिष गरियो, दर्जनौपल्ट फोन गरियो, सबैले आग्रह गर्नुभयो आउन सकिन भनेर उहाँले पोजेटिभ नै स्टाटस लेख्नुभएको छ। भट्टराईले भने।

    ८३ सदस्यीय जिल्ला कमिटी मध्येमा १४ जनाले एमालेमा आउँदैनौ भनेर भनेको र ७९ जनाले एमालेमै रहने उद्घोष गरेको भट्टराईले बताए। भट्टराईका अनुसार जिल्लाभरीका ७ जना जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।
    यसैवीच, पार्टी विभाजनपछि नगरप्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष गरी १२ जना र २३० जना जनप्रतिनिधि एमालेमै रहेको नेकपा एमाले खोटाङका सचिव कुमार आचार्यले जानकारी दिए।
    यो पनि पढ्नुहोस,पार्टीलाई हुने क्षति न्यूनिकरण गर्ने एमालेको संकल्प

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology