• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पार्टीलाई हुने क्षति न्यूनिकरण गर्ने एमालेको संकल्प

पार्टीलाई हुने क्षति न्यूनिकरण गर्ने एमालेको संकल्प


समायोजन खबर
  • सोमबार, भाद्र २१ २०७८

  • समायोजन खबर खोटाङ, नेपाल कम्युनिष्ट पार्टी एमाले खोटाङले फुटबाट पार्टीलाई पु¥याउने क्षतिलाई न्यूनिकरण गर्ने संकल्प गरेका छन्। सरकारले हालै जारी गरेको अध्यादेशका कारण एमालेभित्रै पार्टी विभाजन भएपछि जिल्ला कमिटीको एघारौं पूर्ण वैठकले पार्टीलाई पु¥याउने क्षतिलाई न्यूनिकरण गर्ने संकल्प गरेको हो।

    मुलुकको बलियो शक्तिको रुपमा रहेको नेकपा एमाले प्रतिक्रियावादी शक्तिहरुले सूजना गरेको अध्यादेशको जगमा उभिएर पार्टी विभाजन गर्ने र नेपालको बामपन्थी, प्रगतिशील र राष्टवादी शक्तिलाई कमजोर पार्ने दुरासय बोकेर माधव नेपाल लगायतका केही नेताहरुले हर्कत गरेकाले त्यसबाट पार्टीमा हुने क्षतिलाई न्यूनिकरण गर्ने वैठकले संकल्प गरेको पार्टी अध्यक्ष राम प्रसाद दंगालले बताउनुभयो।

    एमाले जिल्ला कमिटीले सोमबार बिहान जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दैै अध्यक्ष दंगालले बलियो जनपक्षीय शक्तिलाई फुटाउने षडयन्त्र गरेर देशलाई प्रतिक्रियावादी शक्तिको पाउमा सुम्पने धृष्टताका विरुद्ध डटेर सामाना गर्ने बताएका छन्।

    पार्टी विभाजनपछि भदौ १९ र २० गते जिल्ला समन्वय समिति हलमा वसेको जिल्ला कमिटी वैठकले पार्टी केन्द्रीय कमिटी, स्थायी कमिटीको निर्णय र अपानी–१२ बमोजिम पार्टीको सम्पूर्ण संरचना २०७५ जेठ २ गतेमा फर्काउने निर्णय गरेको र सूर्य चिह्नबाट निर्वाचित जनप्रतिनिधिहरु टुटफूट र विभाजनको पक्षमा नरहेको पत्रकार सम्मेलन जानकारी दिएको छ।

    एमालेले कोरोना संक्रमित विरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण नागरिकहरुलाई पारदर्शी मापदण्ड बनाएर शिघ्र र व्यवस्थित रुपमा खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ। वैठकले कोभिड र अन्य कारण निधन भएका आफ्ना नेता, कार्यकर्ताप्रति भावपूर्ण श्रद्धाञ्जली दिंदै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ।

    नेकपा एमाले जिल्ला कमिटीको २०७२ वैशाख १० गतेदेखि १४ गतेसम्म भएको छैठौँ अधिवेशनबाट निर्वाचित पार्टी अध्यक्ष बबि चाम्लिङ नवगठित नेकपा (एकीकृत समाजवादी)मा लागेपछि बैठकले एमालेको अध्यक्षमा रामप्रसाद दंगाललाई मनोनयन गरेको हो।
    जिल्ला अधिवेशनबाट उपाध्यक्ष चुनिनुभएका दंगाल अध्यक्ष भएपछि सचिव देवविक्रम राईलाई उपाध्यक्ष र उपसचिव कुमार आचार्यलाई सचिवको जिम्मेवारी दिईएको र उपसचिव पद भने रिक्त राखिएको जिल्ला अध्यक्ष दंगालले जानकारी दिनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology