• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीको गुफामा खस्ने चट्टानका टुक्रा र रुख हटाइए

हलेसीको गुफामा खस्ने चट्टानका टुक्रा र रुख हटाइए


समायोजन खबर
  • शनिबार, भाद्र १९ २०७८

  • समायोजन खबर खोटाङ, नेपाली सेनाले खोटाङको त्रि–धार्मिकस्थल हलेसीको गुफाभन्दा माथि रहेका रुख तथा चोइटिएर अड्किएका चट्टानका टुक्रा हटाएको छ।

    गोरखनाथ गण मुढे ब्यारेक दिक्तेलका गणपति प्रमुख सेनानी नरोत्तम पौडेलसहितको सेनाको टोलीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महादेव गुफा र बसाहा गुफाभन्दा माथि रहेका बोटबिरुवा, त्यसका जरा र गुफाको पहरामा चोइटिएर अड्केर रहेका चट्टान हटाएको हो।

    दुई गुफाभन्दा माथि रहेका रुख र पहरा चर्किएर चोइटिएका चट्टानका स–साना टुक्रा हटाउन नगरपालिका तथा हलेसी मन्दिर व्यवस्थापन समितिले अनुरोध गरेपछि सेनाले हलेसी गुफाको भित्तामा रहेका जोखिमयुक्त वस्तु हटाएको जनाएको छ।

    बसाहा गुफा र महादेव गुफाको माथि रहेका बोटविरुवाको जरा बढ्दै जाँदा गुफाको भित्तामा रहेका चट्टान चोइटिएर गुफाभित्र खस्न थालेकाले मन्दिरमा पूजाआजाका लागि आउने श्रद्धालु भक्तजनलाई लाग्ने र जुनसुकै समयमा मानवीय क्षति पुग्ने सम्भावना रहेकाले गुफाभन्दा माथि रहेका जराहरु र चोइटिएर अड्केका चट्टानका टुक्रा हटाइएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले जानकारी दिए।

    पहराको कापमा उम्रिएका रुखको जरा बढ्दै जाँदा र चट्टान फाट्दै जाँदा हलेसी गुफामा बेला–बेलामा चोइटिएको चट्टानको टुक्रा खस्ने गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology