• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शिक्षा राई मृत्यृ प्रकरणमा आफन्त भन्छन् : रक्ताम्मे फोटोसहित किटानी जाहेरी दिदा पनि प्रहरीले लिन मानेन

शिक्षा राई मृत्यृ प्रकरणमा आफन्त भन्छन् : रक्ताम्मे फोटोसहित किटानी जाहेरी दिदा पनि प्रहरीले लिन मानेन


समायोजन खबर
  • आइतबार, भाद्र १३ २०७८

  • शिक्षाले बार्दलीमा झुण्डिएको भनिएको डोरी र मृत्युपछिको शिक्षाको लाशको प्रकृती।

    समायोजन खबर खोटाङ,न्याय नपाएमा सामान्य रुपमा जो कोहीले पनि संम्भवत प्रहरी सम्झन्छ। तर, प्रहरीले नै न्याय दिनमा आनाकानी र असहयोग गर्ने आसय देखाए भने कहाँ जाने ? कसलाई भन्ने ? यस्तै भएको छ शिक्षा राईको माइती पक्षलाई।

    नाम शिक्षा राई(माईती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ) उमेर २१ वर्ष। विवाह हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले तल्लो चिचिङगा। श्रीमान मनकुमार राई। मनकुमारसँग प्रेम विवाह गरेकी शिक्षाको ७ भदौ राती साँढे दश वजे सल्लेको तल्लो चिचिङगामा संकास्पद मृत्यु भयो। प्रेम विवाह गरेको एक वर्ष(गत साउनमा)वित्यो। विवाह गरेर लाउलाउ–खाउखाउ भन्ने उमेरमा उनको दर्दानक मृत्यु भयो(मृत्युपछिको तस्विर हेर्दा)।

    ८ भदौ विहान छ वजे चिचिङ्गाका भूमिराज राईको छोराले बाम्राङका होम बहादुर राईलाई शिक्षाले घर नजिकैको कटहरको रुखमा झुण्डिएर आत्महत्या ग¥र्यो भनेर खबर दिन्छ। लगत्तै त्यो खबर शिक्षाको बाजे(हजुरबा) कहाँ पुग्छ अनि माईतीमा खैलाबैला मच्चिन्छ। रुवावासी चल्छ।

    शिक्षा राई र मृत्युपछिको शिक्षाको लाशको प्रकृती। तस्विर माइती पक्षबाट।

    कटहरको रुखमा झुण्डिएर आत्महत्या गरेको छ भन्ने खबर पाएपछि माइतीबाट शिक्षाका बडाबा बयान सिं राईसहित अन्य चिचिङगा पुग्दछन्। उनीहरु त्यहाँ पुग्दा कटहरको रुखमा झुण्डिएर आत्महत्या गरेको भनिएको शिक्षाको रक्ताम्मे(मुख र नाकवाट रगत बगेको) शव खाटमा सुताईएको अवस्थामा हुन्छ। शिक्षाको मुखबाट, नाकबाट रगत बगेको देखिन्छ देब्रे हातमा कोतारिएको र दाहिने कोखामा निल डाँम देखिन्छ।
    र, कटहरको रुखमा झुण्डिएको भनेर फोन आएको माईती पक्षको टोली त्यहाँ पुग्दा घट्नाको प्रकृती अर्कै हुन्छ/सुनाईन्छ/भनिन्छ। उनीले घरको बार्दलीको दलिनमा झुण्डिएको भनेर भनिन्छ तर बार्दलीको दलिनमा सलग्गको डोरी मात्रै झुण्डिएको देखिन्छ। प्रहरी नपुगी झुण्डिएको भनिएको शव डोरीवाट निकालिएको हुन्छ/चलाईन्छ। माईती नपुगी प्रहरीले लाशको मुचुल्का उठाईएको हुन्छ। यतिसम्म कि युवतीको मृत्यु भएको दिन युवती छिमेकीकोमा सघाउन गएको र साँझ छिमेकीले नै घरमा पु¥याई दिएको करीव ४०/४५ मिनेटमा उनले झुण्डिएर आत्महत्या गरेको खबर फैलिएको बताईन्छ।

    शिक्षाको उचाई साँढे चार फिट भएको तर झुण्डिएको भनिएको बार्दलीको दलिन सात फिट छ। मृतकका बडाबा बयान सिं भन्छन् ‘शिक्षाले त्यहाँ कसरी डोरी लाउन सक्यो, बाँध्न सक्यो मान्छे साँढे चार फिट छ, दलिन सात फिट छ, डोरी लगाउन उनले न कुर्सी, बेन्च, खाट, डोको प्रयोग गरेको छ, केही छैन। कटहरको रुखमा झुण्डिएको भनियो त्यहाँ नि हैन, बार्दलीमा पनि हैन कुटेर मारेको हो प्रपन्च रच्न त्यसो भनेका, गरेका हुन्।’ उनले भने

    शिक्षाले बार्दलीमा झुण्डिन प्रयोग गरेको भनिएको डोरी। तस्विर माइती पक्षबाट।

    मृतक युुवतीको आमा अतिहिरा राई, काका ज्ञान बहादुर राई, बडा बयान सिं लगायत माइती पक्षले छोरीले आत्महत्या नगरी कुटेर मारेर झुण्डाईएको आशंका लागेर सत्यतथ्य अनुसन्धानका लागि पटक–पटक आफ्नो माग अनुसार जिल्ला प्रहरी कार्यालयमा शिक्षाका श्रीमान मनकुमार विरुद्ध ज्यान सम्बन्धि कसुरमा किटानी जाहेरी दिन गए पनि प्रहरीले किटानी जाहेरी लिन नमानेको उल्टै प्रहरीले मानसिक तनाव दिएको र हप्काएको भन्दै उनीहरुले शनिबार दिक्तेलस्थित हलेसी न्युज नेटवर्कको कार्यालयमा पत्रकार सम्मेलन गरेर घट्नाको जानकारी दिएको छ।

    ९ भदौमा माईतीपक्षका काका ज्ञान बहादुर राईले दुई पटक ज्यान सम्बन्धि कसुरमा किटानी जाहेरी दिन प्रहरीमा पुगे पनि प्रहरीले नलिएको उनको गुनासो छ। मृतकको रक्ताम्मे फोटोसहित पीडितका तर्फवाट किटानी जाहेरी दिन गएका थियौ, डिएसपी र इन्स्पेक्टरले उल्टै यसो गर, उसो गर, यसरी, उसो गरेर अर्कै जाहेरी लेखेर ल्याउ भन्दै पीडकलाई पो संरक्षण गर्न खोजेको भान भो। ज्ञान बहादुरले भने, तेश्रो पटकमा भने बल्लतल्ल आत्महत्या दुरुत्साहन जाहेरी दर्ता ग¥र्यौ। आत्महत्या दुरुत्साहन जाहेरी दर्ता हुन्छ तर, ज्यान सम्बन्धि कसुरमा किटानी जाहेरी किन लिन मान्दैन प्रहरी उनले प्रश्न गरे।

    प्रहरीले ज्यान सम्वन्धी कसुरमा किटानी जाहेरी लिन नमानेको भन्दै मृतकका आफन्तको आग्रहमा पुर्वजिविस सभापति बिष्णुकुमार राई र बाम्राङका वडाध्यक्ष ललितकुमार राई पनि जिल्ला प्रहरी कार्यालय पुगेको बताइएको माइतीपक्षका आफन्तले बताए। फेरी १० भदौमा ठूलीआमा पार्वती राईले मनकुमार विरुद्ध ज्यान सम्बन्धि कसुरमा किटानी जाहेरी दिन खोज्दा पनि प्रहरीले लिन नमानेको उनीहरुले बताएका छन्। प्रहरीले कटानी जाहेरी लिन नमानेपछि माइती पक्षहरु मानव अधिकारको ढोका ढकढकाउन जाने र महिला हकअधिकार विरुद्ध लड्दै आएका संघसंस्थामा जाने तयारीमा छन्। प्रहरीले पीडितलाई साथ नदिएर पीडकलाई साथ दिन खोजेको भन्दै पीडितहरुले प्रहरीको आलोचना गरेको छ । सच्चिन आग्रह गरेको छ।

    पत्रकार भेटघाटमा आफ्नो कुरा राख्दै शिक्षाका माइती पक्षहरु।

    ७ भदौमा संकास्पद रुपमा मृत्यु भएको शिक्षाको शव १० भदौमा परीक्षण भएको परिवारले जनाएको छ। शव बुझ्नमा पनि प्रहरीले झुक्याएको उनीहरुको आरोप छ। दाहसंस्कार गरेको फोटो, भिडियो माईती पक्षलाई उपलब्ध गराउने शर्तमा शव मनकुमारको परिवारलाई जिम्मा दिईएको भए पनि हालसम्म कुनै अत्तोपत्तो नदिएको माईती पक्षले जानकारी दिएको छ।

    यस्तोउस्तो लेखेर ल्याउन भन्दा पनि उहाँहरु आत्महत्या दुरुत्साहनको जाहेरी लिएर आउनु भएको छ। दर्ता गरेर अनुसन्धान गरिराखेको डिएसपी उमेश लम्सालले बताए। हाम्रो क्षेत्राधिकार भित्र जुनसुकै किसिमको जाहेरी आए पनि दर्ता गरेर प्रक्रिया अगाडी बढाउछौ डिएसपी लम्सालले भने।
    माईती पक्षले किन चाँहि प्रहरीले किटानी जाहेरी लिएन भनिरहेको छ त भन्ने प्रश्नमा डिएसपी लम्साल भन्छन्, “खै किन भन्नु भएको छ। अस्ति सुरुदेखि नै तपाईहरुलाई किटानी जाहेरी आवश्यक परे लिइदिन्छु भनेकै छु, आयो भने लिने हो।” शिक्षाका श्रीमान मनकुमारलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology