चिसाङ शेर्पा भदौ÷३१ खोटाङ,
खोटाङवाट सञ्चालन भईरहेको समायोजन खवर अनलाईनका लागि कतारमा तत्काल आर्थिक सहयोग संकलन गरिने भएको छ । आगामी अक्टोवरमा २ वर्ष पुग्ने अनलाईनको दर्ता, कार्यालय व्यवस्थापन, प्रचारप्रसार तथा वजार व्यवस्थापनका लागि पहिलो चरण अन्तरगत कतारमा तत्काल तीव्र रुपमा सहयोग संकलन गरिने भएको हो ।
खोटाङ सेवा समाज कतारका सदस्य रविन शेर्पाका अनुसार ‘सेप्टेम्बर ३० तारिखवाट रोजगारका शिलसिलामा कतारमा रहेका आम नेपालीहरुलाई सहयोगको लागि आव्हान गरिने छ । सुचनाको भरपर्दो माध्यम अनलाईनलाई कतारवासी नेपालीहरुले सक्दो सहयोग गर्नेमा आफु विश्वस्त रहेको उहाँको भनाई छ ।’ लामो समययता कतारमा कार्यरत शेर्पा विदा सकेर असोज दुई गते २ सय थान अनलाईन खवरको रसिद लिएर कतार जादैछन् । कम्तीमा ३÷४ लाख संकलन गर्न सकिने उहाँको भनाई छ ।
खोटाङको दिक्तmेलमा मुख्य कार्यालय रहने अनलाईन अहिले सय जीवि व्याण्डविथको क्षमतामा डिजिटल प्रविधिमा सञ्चालन भईरहेको संचालक तथा सम्पादक फुर्वा शेर्पाले बताए । शेर्पाका अनुसार सहयोगीदाताहरुको उच्च मुल्याङकन गर्दै अनलाईनमा कतार सहयोग नामक वेग्लै क्याटगोरी सुरु गरिने छ । उतm क्याटगोरीमा हरेकपल सहयोगी व्यतिm र सहयोग रकम अपडेट गरिने छ ।
अनलाइनले स्थानिय तर मुलधारको मिडियामा सम्प्रेषण हुन नसकेका, पुर्बका समाचार, जापान, कोरिया, कतार, साउदी, मलेशिया, दुवाई, साईप्रस, लेवनान, युरोप, अमेरिकाको नेपाली गतिबिधि समेट्दै आएको अनलाईनले भबिष्यमा नेपालै भरीका गतिबिधि समेटिने गरी राष्ट्रिय मिडियाको रुपमा स्थापित गरिने संचालक तथा सम्पादक शेर्पाले बताए ।
हाल अनलाईनले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विधुत, खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्दे आएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology