समायोजन खबर, प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्।
पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न अध्यक्ष ओलीले विहान ११ बजे पत्रकार सम्मेलन बोलाएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
उनका अनुसार पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूको उपस्थितिमा विहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा पत्रकार सम्मेलन हुनेछ।
बुधवारै दिउँसो वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई निर्वाचन आयोगले दल दर्ता प्रयोजनअन्तर्गत सनाखतका लागि बोलाएका बेला त्यसअघि नै अध्यक्ष ओलीले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राख्न लागेका हुन्।
नेपाल समूहमा रहेका १० जना स्थायी कमिटी सदस्यसँग अध्यक्ष ओली २ जेठमा फर्किन सहमत भएका छन्। मंगलबारको स्थायी कमिटीले बैठकले उक्त सहमतिलाई अनुमोदन गरेको थियो। बैठकमा १० जना नेताहरु पनि सहभागी थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology