महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आह्वान पनि भनेकाे छ। महाशाखाका अनुसार आज बिहान केही क्षेत्रमा पानी परेको छ।
तर, राति प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ।
बिहीबार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको आँकलन गरिएको छ।
शुक्रबार पनि मनसुन सक्रिय रहने देखिन्छ। महाशाखाका अनुसार शुक्रबार प्रदेश १, २, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ भने केही स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि छ।