समायोजन खबर खोटाङ, सर्वाेच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय र प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सहमतिको सक्कल फाइल झिकाउन आदेश दिएको छ।
आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहालीको माग राखेर शाक्यले दायर गरेको रिटमामाथि मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले तीन दिनभित्र सक्कल फाइल झिकाउन आदेश दिएको हो।
इजलासले कुलमानलाई प्राधिकरण प्रमुखमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयको सक्कल तथा प्राधिकरण र शाक्यबीच भएको सम्झौताको फाइल तीन दिनभित्र झिकाउन आदेश दिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology