• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यी हुन् उडिरहेको विमानबाट खसेर मृत्यु हुने अफगानी खेलाडी

यी हुन् उडिरहेको विमानबाट खसेर मृत्यु हुने अफगानी खेलाडी


समायोजन खबर
  • शुक्रबार, भाद्र ४ २०७८

  • अफगानी खेलाडी जाकी अन्वारी

    समायोजन खबर, गएको सोमवार अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको कार्गो विमानबाट खस्दा एक जना फुटबल खेलाडीको ज्यान गएको पुष्टि भएको छ।

    १९ वर्षका जाकी अन्वारीको ज्यान गएको अफगानिस्तानका अधिकारीहरुले पुष्टि गरेका हुन्। विमानबाट खसेर ज्यान गुमाउनेमध्ये उनी पनि एक भएको उनीहरुले बताएका हुन्। अन्वारी राष्ट्रिय युवा टोलीका खेलाडी थिए । उनको ज्यान कहिले गयो भन्नेबारे थप खुलाइएको छैन।

    विद्रोही समूह तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जाकी अन्वारीले पनि देश छोड्न चाहेका थिए। काबुल विमानस्थलको भीडमा उनी पनि पुगेका थिए। विमानस्थलमा अमेरिकी सेनाको कार्गो विमान उड्न लाग्दा धावनमार्गमा सयौँ मानिस दौडिरहेका थिए।

    कोही बिस्तारै गुडिरहेको जहाजको पखेटामा चढ्न खोज्दै थिए। विमान उडेपछि विमानबाट केही व्यक्ति खसेको भिडियो सार्वजनिक भएको थियो। विमानबाट कति जना खसे भन्ने यकिन जानकारी भने छैन। घटनाको अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology