• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओलीको डरलाग्दो चेतावनी, एमाले फुटाउने निर्णय देउवालाई महंगो पर्ने छ

ओलीको डरलाग्दो चेतावनी, एमाले फुटाउने निर्णय देउवालाई महंगो पर्ने छ


समायोजन खबर
  • मंगलबार, भाद्र १ २०७८

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

    समायोजन खबर खोटाङ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउने गरी नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चर्को विरोध गरेका छन्।

    संसद भवन नयाँ बानेश्वरमा सुरु भएको संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा ओलीले प्रधानमन्त्री देउवाले कांग्रेस र एमालेबीचको समझदारीको राजनीति पनि अन्त्य गरेको आरोप लगाए।

    ुअहिले नेकपा एमाले फुटाउन जुन क्रियाकलाप गर्दैछन्, त्यसमा खेद छु, उनले भने, लोकतन्त्रका लागि एकसाथ लडेर आएका हुन् एमाले र कांग्रेस। हामीबीच प्रतिस्पर्धा छ तर लोकतन्त्र जोगाउने समझदारी थियो।

    उनले देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारलाई टालाटुली बटुलीको संज्ञा पनि दिएका छन्। यो गठबन्धन टालाटुलीबटुली कति राम्री पुतली जस्तै होु, उनले भने, विभिन्न खालका टालाटुलीहरु भेला भएर बनेको यो सरकारको पृष्ठभूमिबारे मैले धेरै भन्नै पर्दैन।

    ‌ओलीले देउवा नेतृत्वको यो सरकारसँग कुनै अपेक्षा नरहेको पनि बताए। यो सरकारसँग केही अपेक्षा गर्न सकिँदैनु, उनले भने, हाम्रो पार्टी फुटाउन जुन जुन शक्ति लागेका छन्। कांग्रेसको नेतृत्वमा एमाले फुटाउन गरिएको कार्य महंगो पर्नेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology