समायोजन खबर खोटाङ, नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द गरिसकेकाले नयाँ पार्टी दर्ता सुरु गरिएको जनाएको छ।
सरकारले खुकुलो प्रावधानसहित दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेपछि नेपाल पक्षले त्यसलाई सदुपयोग गर्दै नयाँ पार्टी दर्ता अघि बढाउने भएको हो।
वरिष्ठ नेता नेपालले पनि नयाँ पार्टी दर्ताका लागि आफूनिकट नेताहरुसँग टेलिफोनबाट परामर्श गरिरहेका छन्। टेलिफोनबाट परामर्शपछि नेपालले आफूनिकट सांसद र केन्द्रीय सदस्यहरुसँग आज सिंहदरबारमा बैठक डाकेका छन्।
अब नयाँ पार्टी दर्ता गरेरै अघि बढ्ने हो। आजका मितिसम्म मिल्ने प्रतिक्षा गर्यौँ। तर अध्यक्ष ओलीले एक्लै वक्तव्य निकालेर अल्मल्याउने मात्रै गरिरहेु, नेपालनिकट नेता जगन्नाथ खतिवडाले भने, एक्लै वक्तव्यबाजी गर्नुभन्दा केपी ओलीले माधव नेपालसँग संयुक्त अध्यक्ष र संयुक्त हस्ताक्षर गर्न तयार भएको भए एमाले मिलिसक्थ्यो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology