समायोजन खबर, नेकपा एमालेको संसदीय दल र स्थायी कमिटीको बैठक आज बस्दैछ। मंगलबार दिउँसो ३ बजे बानेश्वरमा संसदीय दल र बिहान ११ बजे तुलसीलाल स्मृति भवनमा स्थायी कमिटी बैठक बस्दैछ।
सरकारले गएराति १२ बजेदेखि दुवै प्रतिनिधि सभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेपछि अध्यादेश ल्याउन लागेको भन्दै तरंग फैलिएको छ। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले एमाले र जनता समाजवादी पार्टी जसपा फुटाउन अध्यादेश ल्याउने बिषयमा छलफल गरिरहेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझ एक एक विज्ञप्ति जारी गर्दै ओलीले एमाले र एमालेको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बाहना र षडयन्त्र क्षम्य नहुने बताएका छन्।
‘केही समययता नेकपा एमाले र अन्ततः नेपाली कम्युनिष्ट आन्दोलनलाई नै विभाजन गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षडयन्त्र भैरहेको हामीले देखी भोगिरहेका छौँ। पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधि सभाको चालु अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने र नेकपा एमालेलाई विभाजन गर्ने षडयन्त्र गरिँदैछ,’ ओलीले विज्ञप्तिमा भनेका छन्, ‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पन बहाना वा षडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन । तसर्थ पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन अपिल गर्दछु ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology