समायोजन खबर खोटाङ, नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीयसदस्यद्वारा सामूहिक राजीनामा दिने प्रस्ताव पेश गरेका छन्। आमन्त्रित केन्द्रीय सदस्यहरुले कुनै भूमिका र अधिकार नपाएको भन्दै राजीनामा दिने प्रस्ताव पेश गरेको आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले जानकारी दिए।
‘आमन्त्रित केन्द्रीय सदस्य भन्ने पद चाहिँ राख्ने तर, कुनै पनि भूमिका र हैसियत नभएपछि राजीनामाको प्रस्ताव पेश गरेका हौँ,’ उनले भने, ‘राजीनामाको प्रस्ताव स्वीकृत भएको भने छैन। सभापतिले रोकिनुस भनेर चाहिँ भन्नु भएको छ।’
उनले अन्यपार्टीबाट आएर आमन्त्रिक केन्द्रीय सदस्य भएकाहरुलाई कुनै भूमिका नदिएको कारणले पनि राजीनामा दिनुपरेको बताए । ‘अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेलाई अन्याय भयो । कांग्रेसमा आउँदा पनि सुरक्षित र अपनत्व महसुस हुने अवस्था नबनाउने हो भने आमन्त्रित केन्द्रीय सदस्य भनेर मात्र के बस्ने भनेर राजीनामा दिएका हौँ ।’
कांग्रेसका एक पदाधिकारीले भने उनीहरुले चुनावमा नलडेरै महासमिति सदस्य हुनुपर्ने र केन्द्रीय सदस्य हुन पाउनुपर्छ भनेर अनावश्यक माग राखेको बताउँछन् । उनले भने, ‘चुनाव लड्दिनँ मलाई पदेन केन्द्रीय सदस्य चाहियो । महासमिति सदस्य बनाइदेउ भनेर हुन्छ ?’
कांग्रेसमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । उनीहरुले शीर्ष नेताहरु पनि तल्लो तहबाटै निर्वाचन लडेर केन्द्रमा चुनाव लड्न आउनु पर्ने भन्दै त्यो व्यवस्था खारेज गर्न पनि माग गरेको दाबी गरेका छन्। त्यसो त अहिले उनीहरुलाई राजीनामा दिन स्वयम् सभापति शेरबहादुर देउवाले नै अह्रराएको पनि स्रोतको दाबी छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology