• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट कुलप्रसाद केसीको मुख्यमन्त्रीमा दाबी पेश

लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट कुलप्रसाद केसीको मुख्यमन्त्रीमा दाबी पेश


समायोजन खबर
  • बिहिबार, साउन २८ २०७८

  • समायोजन खबर खोटाङ, लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)ले मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको छ।

    चार दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुखसामु केसीले केही बेरअघि मुख्यमन्त्रीमा दाबी पेस गर्नु भएको हो।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका ४२ सांसदको हस्ताक्षरसहित केसीले दाबी पेस गर्नु भएको हो। वुधबार अविश्वासको प्रस्तावमाथि छलफल हुनु अगाडि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको थियो।

    केसी रोल्पा प्रदेशसभा १ (क) बाट निर्वाचित सांसद् हुनुहुन्छ। प्रदेश प्रमुखले आजै केसीलाई मुख्यमन्त्री नियुक्त गर्ने र आजै शपथ समेत गराउने तयारी छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology