• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भिरपानी–पिङडाँडा सडक सुचारु

भिरपानी–पिङडाँडा सडक सुचारु


समायोजन खबर
  • सोमबार, साउन १८ २०७८

  • स्तरोन्नति भएको ऐसेलुखर्क पिङडाँडा–भिरपानी सडक । तस्विर : चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ, अवरुद्ध भिरपानी–पिङडाँडा सडक सुचारु भएको छ। अविरल वर्षाका कारण पहिरो झरेर अवरुद्ध भएको सडक आईतबारदेखि सञ्चालनमा आएको हो।

    ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कको शुक्रबारे पिङडाँडाबाट रावाबेशी गाउँपालिका–५ दुवेकोलको सिमाना भिरपानी सडक अन्तर्गत भिरपानीमा ठूल्ठूला ढुंगासहित झरेको पहिरोलाई ठेक्कामाफर्त काम गराएर सडक सुचारु गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए।अध्यक्ष निरौलाका अनुसार करीब चार लाख बजेट खर्चेर गत बिहीबारबाट पहिरो हटाउने काम थालिएको थियो।

    यस्तै, वर्षाका कारण भर्खरै निर्माण भएको सोही सडकको मेसिनरी वाल पनि भत्किएको छ। भत्किएको मेसिनरी वाल पिङडाँडा–भिरपानी सडक स्तरोन्नती गर्ने निर्माण कम्पनीले पुनःनिर्माण गर्नेछ। गाउँपालिकाको दुई करोड ४० लाख बजेटमा गत वर्षको पुसबाट थालनी गरेर जेठमा ५ किलोमिटर सडक रुजन–तुवाचुङ ज्वइन्ट भेन्चरमा तुवाचुङ कन्ट्रक्सनले स्तरोन्नती गरेको थियो।

    यसैवीच, विवादका कारण बादेल–विसकाम सडक नबन्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा संसदीय पूर्वाधार विकास कोषबाट १० लाख बजेट आए पनि राजनीतिक विवादका कारण सम्झौता नै नभएपछि बजेट फ्रिज भएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology