समायोजन खबर खोटाङ, असार १ गतेको हेलम्बु–मेलम्ची बाढीले जोखिम पु¥याएको हेलम्बु गाउँपालिकाको चनौटेमा रहेको रातो पक्की पुल बगाएको छ । आज बिहान बजेतिर हेलम्बु ७ चनौटेमा रहेको रातो पक्की पुल बगाएको हो।
हिजो साँझबाट सो नदीमा असार १ को जस्तै लेदो सहितको बाढी आएको थियो। राति खोला केही घटेर चनौटे बजार र रातोपुल जोगिजे आश पलाएको भएपनि विहान पुनः खोलाको उचाइ बढेर पुल बगाएको स्थानिय अर्जुन भण्डारीले बताउनु भयो। यो पुल बगाएसँगैं हेलम्बु गाउँपालिका कार्यालय र मेलम्ची खानेपानी आयोजना सडकसम्पर्कबाट विच्छेद भएको छ।
शनिबार रातिबाट आएको बाढी बढ्दै गएपनि बिहान उक्त पुल बगाएको हो। रातिबाट नै पुलको माथि हुँदै पानी बगेको थियो। पुल बगाएपछि हेलम्बु गाउँपालिकाको १,२ र ३ नम्बर वडा पूर्णरुपमा सम्पर्कविच्छेद भएको छ। त्यस्तै मेलम्ची नगरपालिकाको वडा ७ र ८ तथा पाँचपोखरि थाङ्पाल गाँउपालिकका को वडा नं १ र २ समेत सम्पर्क विच्छेद भएको छ।
रातिको बाढीको कारण थप ४० घरमा क्षति पुग्नु का साथै एक पक्की पुल सहित १ झोलुङ्गे पुल समेत बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार बेलुकी साढे नौ बजे आएको बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर बगेका छन्। त्यस्तै हेलम्बु–४ ग्याल्थुम बजार जोड्ने झोलुंगे पुल बगाएको छ। ‘पाँच वटा कच्ची र ७ वटा पक्की गरी एक दर्जन घर मेलम्चीले बगायो, ग्याल्थुम बजारका ४० घर जोखिममा छन्,’ उहाँले भन्नुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology