समायोजन खबर खोटाङ, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन्। बुधबार बसेको आफू पक्षीय स्थायी कमिटी बैठकमा उपस्थित नभएका रावललाई भेट्न नेता नेपाल उनकै निवास पुगेका हुन्।
गत आइतवार प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिनुअघि नै असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा घोषणा गरेयता नेता रावल माधव पक्षीय बैठकमा सहभागी भएका छैनन्। उनी एमाले एकता बचाउन जेठ मा गठित कार्यदलमा माधव पक्षबाट संयोजक थिए।
उनले असार २७ गते कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर एमाले एकता बचाउनुपर्नेमा जोड दिँदै आएका छन्। नेता रावलले पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद बढाइरहेका छन्। आइतवार रावलले राजीनामा घोषणा गरेसँगै माधव पक्षीय १० सांसदले विश्वासको मतमा सहभागी नभइ बाहिरिएका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology