• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्वर्गीय पर्शुराम राई प्रतिष्ठानले महासंघलाई दियो स्वास्थ्य सामग्री

स्वर्गीय पर्शुराम राई प्रतिष्ठानले महासंघलाई दियो स्वास्थ्य सामग्री


समायोजन खबर
  • सोमबार, साउन ४ २०७८

  • पत्रकार महासंघका अध्यक्ष दिलिप खत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दैै स्वर्गीय पर्शुराम राई प्रतिष्ठानकी सदस्य चन्द्र कुमारी राई तारा ।

    समायोजन खबर खोटाङ, स्वर्गीय पर्शुराम राई प्रतिष्ठानले नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङलाई स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ। कोरोना भाईरसको महामारीमा ज्यान जोखिममा मोलेर समाचार संकलन तथा सम्प्रेषण गरिरहेका जिल्लाका पत्रकारहरुका लागि स्वास्थ्य सामग्री वितरण गरेको हो।

    आईतबार महासंघको सम्पर्क कार्यालय दिक्तेलमा पुगेर प्रतिष्ठानले महासंघलाई ३ हजार माक्स, ५० थान फेसशिल्ड, ३ वटा अक्सिमिटर र ११ वटा पकेट स्यानिटाइजर वितरण गरेका छन्।

    स्वास्थ्य सामग्रीहरु प्रतिष्ठानका सदस्य चन्द्र कुमारी राई (तारा)ले महासंघका जिल्ला अध्यक्ष दिलिप खत्रीलाई हस्तान्तरण गरेकी हुन्। स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष विजयकला राई, मनिला राई, संरक्षक रबिन चाम्लिङ राई लगायतको उपस्थिती थियो।

    स्वास्थ्य सामग्री सहयोग गरेकामा महासंघका अध्यक्ष खत्रीले प्रतिष्ठान र सम्बद्ध व्यक्तिहरुलाई धन्यवाद प्रकट गरेका छन्। प्राप्त स्वास्थ्य सामग्रीहरु जिल्लामा रहेका क्रियाशिल सम्पुर्ण पत्रकारहरुलाई वितरण गरिने अध्यक्ष खत्रीले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology