समायोजन खबर खोटाङ, उदयपुरको चपन जंगलमा रुख ढलेर पोल ढाल्दा माथिल्लो तीन जिल्लाको विधुत सेवा अवरुद्ध भएको छ। लगातारको वर्षाले जमिन गलेर रुख ढाल्दा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा विधुत सेवा अवरुद्ध भएको छ।
बुधबार राती परेको भारी वर्षाका कारण उदयपुर–बुईपा सबस्टेशन रुट अन्तर्गत उदयपुर जिल्लाको चपन जंगलमा रुख ढलेर ५ वटा पोल ढाल्दा बिहीबार बिहान (११ः ४५ बजे)बाट तीन जिल्लामा विधुत अवरुद्ध भएको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ।
उदयपुरबाट बुईपा सब–स्टेशनसम्म ३३ केभी प्रसारण लाईन आउने र त्यहीबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा विधुत विस्तार गरिएको छ।
पोल ढलेको ठाउँमा दिक्तेलबाट जानका लागि सवारी साधन नभएको र चपन जंगल पुग्न ५/६ घण्टाको बाटो भएकाले अवरुद्ध विधुत मर्मतका लागि रसुवाघाटबाट २ जना प्राविधकि र अन्य सहयोगका लागि गाईघाट केन्द्रलाई आग्रह गरिएको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललित नारायण चौधरीले बताए।
५ वटा पोल ढल्दा तार चुडिएको, अन्य पोलहरुमा क्षति पुगेको, डिसपिनहरु फुटेको र एङगल भाँचिएको छ। प्राधिकरण प्रमुख चौधरीका अनुसार गाईघाटबाट पनि जनशक्ति आई काम गरिदिएमा बिहीबार साँझसम्म विधुत सुचारु हुन सक्ने झिनो संम्भावना छ।
लामो रुट हुंदै विधुत प्रसारण भएको र अधिकांश रुट जंगलै जंगलमा पर्ने भएकाले बर्खामा धेरै बाढी, पहिरो जाने र कतिपय अवस्थामा जमिन गलेर पूराना रुखहरु नै ढल्दा विधुतको पोल ढाल्ने, तार चुडाईदिने गरेको छ।
यसैविच, विधुत प्राधिकरणले लकडाउन अवधिको विधुत महशुलमा जरिवाना नलिने निर्णय गरेको छ। लकडाउनमा कार्यालय नै बन्द भएको, कोरोना त्रासका कारण सेवाग्राहीले महशुल तिर्न नसक्दाको समस्यालाई ध्यानमा राखेर २९ असारसम्म लकडाउन अवधिको विधुत महशुलमा जरिवाना नलाग्ने भएको प्राधिकरणले जनाएको छ।
विचमा कोही कसै ग्राहकले जरिवाना सहित महशुल बुझाएको भए जरिवाना वापतको रकम स्टकमा रहने र अर्को महिनामा मिलान हुने जनाईएको छ।
यो पनि,खोटाङमा दोश्रो विधुतीय सब-स्टेशन सञ्चालन
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology