समायोजन खबर खोटाङ, मनसुन सुरुवातसँगै मनसुन सक्रिय रहने अवधिभर सतर्कता अपाउन जिल्ला प्रशासन कार्यालय खोटाङले आग्रह गरेको छ। बाढी, डुवान तथा पहिरो जन्य विपद्वाट बच्नका लागि आग्रह गरेको हो।
बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले सात बुंदे सूचना जारी गर्दै मनसुन सक्रिय अवधिभर बाढी, डुवान र पहिरोका कारण जोखिमयुक्त स्थानहरुमा विशेष सावधानी अपनाउन र ज्येष्ठ नागरिक, अपाङगता भएका व्यक्ति, महिला, वालवालिकाको जीउधनको सुरक्षामा ध्यान दिन आग्रह गरेका छन्।
अत्यावश्यक सामग्रीहरु खानेकुरा, कपडा, औषधी, पानीको आवश्यक भण्डारण गर्ने, बाढी आएको समयमा नदी खोलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने कार्यहरु नगर्ने र मौसम सम्बन्धि जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर (पैसा नलाग्ने) ११५५ मा फोन गर्ने तथा विभाग र मन्त्रालयको वेवसाईट नियमित अवलोकन गर्ने सूचनामा भनिएको छ।
यस्तै, आफ्नो आसपासको ठाउँमा बाढी, पहिरो, डुवान, कटानको जोखिम देखिए नजिकैको सुरक्षा निकाय, जिल्ला प्रहरी कार्यालयको फोन नम्बर १०० र जिल्ला आपतकालिन केन्द्रको फोन नम्बर ०३६–४२०६८१ मा सम्पर्क गर्न तथा तत्काल खोज, उद्धार र राहतका लागि राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको टोल फ्रि नम्बर ११४९ मा फोन गर्न प्रशासनले आग्रह गरेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology