समायोजन खबर खोटाङ, खोटाङमा चार विधार्थी संगठनले राष्ट्रपति विद्यादेबी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ। बुधबार साँझ सदरमुकाम दिक्तेलको रत्नपार्क मुख्य चोकमा पुत्ला जलाएको हो।
सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनका विरुद्ध तथा संसद पुनस्र्थापनाको माग गर्दै नेपाली कांग्रेसको नेपाल विधार्थी संघ(नेविसंघ),माओवादी केन्द्रको अखिल क्रान्तिकारी, एमाले (खनाल–नेपाल) पक्षको अनेरास्ववियु र जनता समाजवादी पार्टीको समाजवादी विधार्थी युनियनले पुत्ला जलाएका हुन्। पुत्ला दहनका क्रममा प्रतिगमनकारी विरुद्ध विधार्थी नेताहरुले चर्को नारावाजी गरेका थिए।
पुत्ला दहन कार्यक्रमलाई नेविसंघ खोटाङका सभापति राजकुमार बस्नेतले सम्बोधन गरेका थिए। जनता कोरोना भाईरसले पिरोलिरहेका बेला सरकारले आफ्नो जिम्मेवारी प्रस्तुत गर्नुपर्ने बेला थियो तर, सरकारले आफ्नै आँखा अगाडी नागरिक मरिरहेको देख्दैन, दिनरात अहमता, घमण्ड प्रस्तुत गर्छ। कूकृत्य साँध्छ। तमाम नेपाली नागरिक अधिकारमाथि सौदाबाजी गरेर नागरिकलाई दुःख दिने गर्छ नेविसंघ सभापति बस्नेतले भने।
जनताको रगत पसिनावाट सिर्जित संविधानलाई लात हानेर लोकतन्त्रको दुरुपयोग गर्दै संविधानलाई भंग गर्नमा उद्धत सरकार विरुद्ध र संविधानको रक्षार्थ विधार्थी संगठनहरु सडकमा आउनुपर्ने बस्नेत बताए। पटक-पटक प्रतिनिधिसभा भंग गर्नु प्रतिगमनकारी सरकारको जल्दो उदाहरण भएको उनको भनाई छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology