• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यी क्षेत्रमा चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

यी क्षेत्रमा चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह


समायोजन खबर
  • शनिबार, असार १२ २०७८

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, आज देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार हाल प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ र प्रभावका कारण प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण बदली रहि बाँकी प्रदेशमा सामान्य बदली रहने छ महाशाखाको पूर्वानुमान छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

    राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

    प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरूको पहाडी भू(भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology