• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वडाध्यक्षको डोजरको बकेटले हिर्काएर हत्या, दुई जना पक्राउ

वडाध्यक्षको डोजरको बकेटले हिर्काएर हत्या, दुई जना पक्राउ


समायोजन खबर
  • शनिबार, असार १२ २०७८

  • समायोजन खबर खोटाङ, सर्लाहीको ईश्वरपुरमा वडाध्यक्षको हत्या भएको छ। ईश्वरपुर-३ भक्तिपुरका वडाध्यक्ष करिब ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको प्रहरीले जनाएको छ।

    भर्खरै खनिएको पोखरीको निरीक्षण गर्न जाँदा भएको विवादको क्रममा डोजर चालकसहित केही व्यक्तिले वडाध्यक्षको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
    ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले पनि वडाध्यक्ष श्रेष्ठको हत्या भएको पुष्टि गरे। देवकोटाका अनुसार ईश्वरपुर( ३ को मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको हो।

    शनिबार साँझ जेसीभीका ठेकेदार प्रेम दाहालसँगै श्रेष्ठ पनि पोखरी निरीक्षण गर्न बाँध स्थलमा गएका थिए। सो क्रममा नजिकैको पसलमा खाजा खानेक्रममा जेसिभीका चालक हर्कबहादुर तामाङ र वडाध्यक्षबीच बिबाद भएको थियो। खाजा खाएपछि दुवै पोखरी बिस्तार भइरहेको ठाउँमा गएका थिए।

    ‘बिवादका क्रममा आक्रोशित जेसिभी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेछन्,’ मेयर देवकोटाले भने, ‘हत्या गरेपछि वडाध्यक्षको शव त्यहीँ पुरेर चालक भागेका रहेछन्।’

    प्रहरीले जेसिभी चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ र जेसिभी धनी प्रेम दाहाललाई पक्राउ गरेको मेयर देवकोटाले जानकारी दिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology