समायोजन खबर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू रु न्यायको संरक्षक र समाधानको उत्प्रेरक कि द्वन्द्व बढाउने पक्षधरता रु भन्दै प्रश्न गरेको छ ।
शुक्रबार प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै समय र संसार बदलिएको बताउँदै हाम्रा कैयन सोच, व्यवहार र समाज अपेक्षित गतिमा नबदलिएको बताउनु भएको छ ।
शर्माले दशक लामो हिंसाको अन्त्य गर्न हामी समर्थ भयौं तर दलित समुदायमाथि अनेक प्रकृतिको हिंसा अन्त्य नभएको बताउनु भएको छ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जातीय विभेदको आरोपमा हिरासतमा रहनुभएको काठमाडौंको बबरमहलकी सरस्वती प्रधानलाई छुट्याउनका लागि प्रहरी कार्यालयमै पुगेको मन्त्रीको व्यवहार अनि त्यसप्रति प्रधानमन्त्रीको मौनताले गम्भीर प्रश्न उठान गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा नयाँ संविधान निर्माण गर्न हामी समर्थ भयौं, तर संविधान अनुरुप न्याय र समानताको संस्कार निर्माण गर्न सफलता प्राप्त नभएको बताउँदै यस्तो परिस्थितिमा देश बन्नेरबनाउने परिभाषाभित्र सामाजिक रुपान्तरणको प्रश्नलाई गहन आत्मसात गर्दै नविन राष्ट्रिय विमर्श थालनी गर्न अत्यावश्यक भएको बताइएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology