• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीले थपिदिए मन्त्रीहरुलाई मन्त्रालयको भारी, सक्लान त सम्हाल्न ?

प्रधानमन्त्री ओलीले थपिदिए मन्त्रीहरुलाई मन्त्रालयको भारी, सक्लान त सम्हाल्न ?


समायोजन खबर
  • बिहिबार, असार १० २०७८

  • निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली

    समायोजन खबर खोटाङ, प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालयको जिम्मेवारी कायम ४ मन्त्रीलाई नै थपिदिएका छन्। प्रधानमन्त्री ओलीले परराष्ट्र र रक्षा मन्त्रालय आफैँसँग राखेर अन्य मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रीलाई दिनु भएको हो।

    प्रधामन्त्री ओलीले उपप्रधानमन्त्री बिष्णु पौडेललाई अर्थ र गृहसहित ५ मन्त्रालयको जिम्मेवारी दिएका छन्। पौडेललाई गृहसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिस ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मा दिइएको छ ।

    कृष्णगोपाल श्रेष्ठलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, वन तथा वातावरणस युवा तथा खेलकुदस श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    त्यसैगरी मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology