• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोनाले सिकाएको पाठः शहर भन्दा गाउँ सुरक्षित

कोरोनाले सिकाएको पाठः शहर भन्दा गाउँ सुरक्षित


समायोजन खबर
  • मंगलबार, असार ८ २०७८

  • नुनथलाको मुलडाँडा गैरी

    दिवस रिजाल खोटाङ, कोरोना भाइरस (कोभिड–१९) को महामारीले यतिबेला संसारका मै हुँ भन्ने देशहरु समेत त्राहिमाम अवस्थामा पुगिसकेका छन् । मान्छेले यतिबेला मान्छेबाटै डराएर भाग्नु पर्ने बिडम्बना भोगिरहेको छ । मानिश जन्मन्छ त किन मर्नकै लागि हो । यसो त यो संसारमा जति जीवजन्तु रहेका छन् ति सबै एक दिन मर्नेनै हुन् । ढिलो वा छिटो कुनै न कुनै बाहनामा तिनीहरूलाई जानु नै छ त्यो मृत्युको दुनिँयामा । एउटा मान्छेको मृत्युमा मलामी गएको मान्छे घाटबाट फर्कदाको अवस्था कस्तो हुन्छ त्यो हामी सबैले भोगिरहेका छौं।

    गाउँघरमा जसोतसो आफ्नो जिविकोपार्जन गरिरहेका नागरिक सुख सयल ऐशआराम खोज्न शहर पस्ने गर्छन त कतिपय भोको पेट पाल्न गाउँमा केही सिप नचलेर बाहिरिन्छन् । ठूल्ठूला शहर बजारमा दैनिक जिविकोपार्जन गर्ने हेतुका साथ आफू जन्मेको गाउँ र घरलाई चटक्कै माया मारेर शहर पस्नेको सङ्ख्या पछिल्लो समय उल्लेखनीय वृद्धि भएको थियो । चीनको बुहानबाट सुरु भएको कोरोना भाईरसले सबै नागरिकको सातो लिए पश्चात यतिखेर मानिसहरु गाउँ भन्दा शहर असुरक्षित रहेको ठहर गर्दै शहरमा अस्थाई बसोबास गर्ने मानिसहरु ज्यान बचाउन धमाधम गाउँ फर्कन थालेका छन्।

    कोरोना भाइरसको चपेटाबाट उम्कनकै लागि शहर भन्दा गाउँनै सुरक्षित रहेछ भन्ने मनसाय बोकेर आएका युवापुस्ता पछिल्लो समय बाउबाजेले जोडेको बाँझो जमिनलाई भरिभराउ गर्न कृषि पेशा अँगालिरहेका छन् । यसैको एक उदाहरण हो खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का युवा पुस्ताको । स्थानीय युवाका अनुसार हामी गाउँमा सिप नचलेर शहर पसेका थियौं तर अहिले आएर बल्ल घैंटोमा घाम लगाइदियो कोरोना भाईरसले।

    अब हामी गाउँमै कृषि पेसा अँगालेर केही मुनाफा कमाउन चाहान्छौं । ठूला शहरको ठूलो समस्या प्रदूषण त हो नै, तनावै तनावले भरिएको शहर अहिले असुरक्षित अवस्थामा पुगेको छ । यसबाट छुटकारा पाउनकै लागि हामीहरु आफ्नो गाउँघर फर्केका हौं । एक युवाले भने हामीलाई कोरोनाले पाठ सिकायो बल्ल हाम्रो चेत खुलेको छ । हरिया डाँडापाखा, खोलानाला, समतल फाँट हेरेर तनावबाट मुक्ती पाईन्छ । जव तनावमुक्त हुन्छ तव कोरोना आफै निष्कृय भएर जाँदो रहेछ । खासमा भन्ने हो भने, माहोल एवं वातावरणले हाम्रो स्वास्थ्य र खुसीमा पनि गहिरो प्रभाव रहेछ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ को नीति तथा वजेट ल्याउँदा नगरपालिकाले बाँझो जमिन चिरेर खेति लगाए वापत प्रतिरोपनीलाई आधार मानेर प्रोत्साहन स्वरुप रकम प्रदान गर्ने भएको थियो । जस अनुसार खाद्यन्न बाली,फलफुल लगाउँदा १५ सय प्रतिरोपनी, मसला बाली लगाउँदा २५ सय प्रतिरोपनी र टर्नेल बनाएर तरकारी खेति गर्दा ५ हजार प्रति रोपनीका आधारमा बाँझो जमिन चिरेर खेति लगाउने कृषकलाई रकम उपलब्ध गराएको थियो । हालसम्म नगरभरिका १० जनाले २ लाख रुपैँया प्राप्त गरेको नगरपालिकाका कृषि शाखा संयोजक धर्मेन्द्र कलौनीले जानकारी दिए।

    शहरी जीवनशैली र गाउँले जीवनशैलीमा धेरै फरक पाईन्छ । गाउँका मानिस जहिले पनि शारीरिक रूपमा धेरै मेहनत गर्छन् र उनीहरु तन्दुरुस्त पनी हुन्छन् । तर, शहरी क्षेत्रका मानिस दिनभर निश्चित स्थानमा काम गर्ने भएकाले उनीहरुमा थोरै मेहनत हुने भएकाले शारिरिक तन्दुरुस्त हुन सक्दैनन् । यही कारणले गाउँका मानिस शहरी क्षेत्रका मानिसका तुलनामा बढी स्वस्थ्यकर हुन्छन् । कोरोना महामारीमा यस्तै सोच लिएर मानिसहरु गाउँ आएर धमाधम काम गरिरहेका छन् । थोरै मानिसको जमघट हुने र कोरोनाबाट पनी सुरक्षित हुने विस्वास लिन्छन् । जंगलमा पाइने विभिन्न रोग प्रतिरोधात्मक क्षमता भएका जडीबुटी पाइने भएकोले यस्तो विषम परिस्थितिमा गाउँको मुल्य र मान्यता बढी हुँदै गएको छ।

    कोरोना भाइरसको औषधी नपाएपछि गाउँघरमा पाइने विभिन्न कन्दमुलले समेत स्वास्थ्यमा आमुल परिवर्तन ल्याउने गर्छ । गाउँघरमा पाइने जडीबुटीको महत्व के हो भन्ने बल्ल गाउँले मानिसमा चेतना खुलेको छ । यस्तै कारणले गर्दा यस्तो महामारीको बेला शहर भन्दा गाउँको जिबनशैली रहनसहन्ले गर्दा गाउँ प्रतिको माया सम्झेर शहर छोडेर धमाधम जिबन सुरक्षित बनाउने हेतुले गाउँ प्रवेश गरेको पाईएको छ । अझै गाउँका सबै मानिस साक्षर भईसकेका छैनन् । समयसँगै गाउँघरमा पनि शिक्षाको ज्योति फैलिँदैछ । विकास निर्माणका कामले सोचे जस्तै छलाङ मार्दैै छ । यस्तै कारणले शहर भन्दा गाउँ प्रतिको हेराई र बुझाईमा आसाबादी हुने ठाउँ प्रशस्त पाइन्छ।

    मानिसहरु शहरका भीड, प्रदूषण र तनावबाट उन्मुक्ति पाउनकै खातिर गाउँ पस्ने, छिर्ने बस्ने गरेका छन् । तर, गाउँमा बस्नु पनि निकै चुनौतीपूर्ण छ । त्यहाँ किरा,फट्याङ्ग्राजन्य संक्रमण हुने खतरा बढी हुन्छ । अर्को कुरा, गाउँमा प्रदूषण हुँदै हुँदैन भन्न सकिने अवस्थाको सृजना भैसकेको छैन। कृषि श्रमिकको ज्याला गाउँमा करिब ५ सय रुपियाँ छ भने शहरमा सोही प्रकृतिको काम गर्दा उक्त मजदुरको ज्याला झन्डै दोब्बर छ । गाउँ र शहरमा भएको यस किसिमको असमान प्रकृतिको विभेदकै कारण कतिपय मानिस धेरै पैसा कमाउने मनसाय बोकेर शहर पस्ने गरेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology