उजुर राई भदौ २७ खोटाङ
जिल्ला कृषि बिकास कार्यालय खोटाङले जिल्लाका कृषकहरुलाई ९ हजार थान अन्न राख्ने हरमेटिक ब्याग बितरण गरेको छ । अन्नको बिउ बिजन सुरक्षित राख्नका लागि अति उपयोगी उक्त ब्यागमा प्रति ब्याग ७० देखि ९० किलोग्राम अन्न अटाउने रहेको जिल्ला कृषि बिकास कार्यालय खोटाङले जनाएको छ ।
गत हप्ता देखि जिल्लाको दुई स्थानबाट कृषि बिकास कार्यालयले बिगतरण सुरु गरेको ब्याग जिल्ला कृषि बिकास कार्यालयले ७ हजार ८ सय र हलेसी तुवाचुङ नगरपालिकाको हलेसी कृषि सेवा केन्द्रले १२ सय निःशुल्क बितरण गरेको कृषि बिकास कार्यालय खोटाङका प्रमुख श्यामप्रसाद घिमिरेले बताउनु भयो ।
कृषि बिकास कार्यालयले भुकम्प पिडीत किसानलाई प्रति घर ५ वटाका दरले बितरण गरेको र अन्यलाई प्रति परिवार दुईवटाका दरले बितरण गरेको जनाईएको छ । बितरित ब्याग घाम र पानीले सजिलै बिगार्न नसक्ने र धेरै टिक्ने गुण रहेकोले ब्यागमा अन्न राख्नलाई उपयोगी हुने जनाईएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology