• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा दशैं तिहारमा दैनिक उपभोग्य सामानको कमी हुने

खोटाङमा दशैं तिहारमा दैनिक उपभोग्य सामानको कमी हुने

जयरामघाटको पूल बन्ने हल्लाका कारण सामानको अभाव


चिसाङ शेर्पा
  • सोमबार, भाद्र २६ २०७४

  • चिसाङ शेर्पा भदौ÷२६ खोटाङ ,

    दशैंसम्म जयरामघाटको पूल बन्ने हल्लाले खोटाङमा दशैं तथा तिहारका लागि आवश्यक खाध्यान्न वाहेकका सामानको कमी हुने भएको छ । खोटाङ र ओखलढुङ्गाको विचमा पर्ने जयरामघाटको निर्माणाधिन पक्की पूल दशैंसम्ममा सञ्चालनमा आउने र सामान ढुवानीमा सहजता हुने हल्लाले जिल्लामा ग्यास, पेट्रोल, डिजेल, रंगरोगन लगायतका सामग्री स्टक नगरिँदा चाडवाडका समयमा त्यस्ता सामानको समस्या हुने देखिएको हो ।

    “गत वर्षहरुमा जयरामघाटमा लगाईदै आएको अस्थाई वेलीव्रिज हटाउँनुभन्दा अगाडीनै चाडवाडमा चाहिने सामान संचित गर्दै आएका व्यापारीले यो पटक भने, पूल सञ्चालनमा आउने आशामा समान स्टक कम मात्रामा गरेका छन् ।”

    दशैंसम्ममा पुल सञ्चालनमा नआउँदा र अस्थाई वेलिब्रज पनि हटाईएका कारण व्यापारीले काठमाडौं पुगेर थोरै मात्र सामान ल्याएका छन्, तथापी, खाध्यान्नका सामग्रीको अभाव नहुने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले जानकारी दिनुभयो । “सवै व्यापारीलाई मुल्य यथावत राख्न र दशैं तिहारमा विशेष छुटमा सामग्री बिक्री बितरण गर्न व्यापारीहरुलाई सुचना गरिएको लयालुले बताए ।”
    मध्यपहाडी लोकमार्ग अन्तरगत जिल्लाको प्रमुख नाकाका रुपमा रहेको जयरामघाटस्थित दुधकोसीमा निर्माणाधिन पक्की पुल म्याद नाघेको ५ वर्षपछि सन्तोषजनक रुपमा कामले तिव्रता लिएको छ । आगामी दुई महिनाभीत्र पूल सञ्चालनमा आउने ठेकेदार कम्पनीले जनाउदै आएको छ ।

     

    तीन वर्षभित्र कालोपत्रे सम्पन्न गर्ने गरी शुरु गरिएकोे दिक्तेल–हलेसी सडकको म्याद नाघिसकेको भएपनि कालोपत्रेको काम अलपत्र हुँदा दशैंमा जिल्ला आउने तथा जिल्लाबाहिर जाने सर्वसाधरणलाई सकस हुने भएको छ । दशैको समयमा नियमित वर्षा भईरहे दिक्तेल –हुर्लुङ सडकमा गाडी गुडाउँन नसकिने यातायात व्यवसायीको भनाई छ । हुर्लुङको देउसे जयरामघाटसम्म सवारी साधनमा केही सहज रहेपनि दिक्तेल–हुर्लुङ ११.४३ किलोमिटर सडकमा समस्या रहेको उनिहरुको भनाई छ ।

     

     

    बिजुले – हुर्लुङ तथा हुर्लुङ – दिक्तेल गरी दुई खण्डमा विभाजन गरेर कालोपत्रेको काम सुरु गरिएको सडकको काम अहिले ठप्प छ । एसियाली विकास बैंक (एडिवि)को आर्थिक सहयोगमा ३५.४३ किलोमिटर दिक्तेल – हलेसी सडक कालोपत्रेको काम २०७१ साल साउन अन्तिम साता थालिएको हो । यस सडकको कालोपत्रेको कामको म्याद गत मार्चमै सकिएर म्याद थपका लागि सिफारिस गरिए पनि हालसम्म स्वीकृत भएको छैन । यद्यपि, दिक्तेलदेखि हुर्लुङ ११.४३ किलोमिटरसम्म तत्काल सडक मर्मत नगरे आवतजावतमा ठुलो समस्या हुने भएको छ । विकासको मुल ढोका सडक भएकाले जिल्लाका सरोकार निकाय तथा स्थानीय निकायले सडक मर्मतमा ध्यान पु¥याउँन नितान्त आवश्यक छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology