समायोजन खबर खोटाङ, प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि पानी परिरहेको मौसमविद्ले बताएका छन्।
भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि मनसुनको गतिविधिका कारण यी तीन प्रदेशमा बिहानैदेखि पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।
प्रदेश १ र २ मा हल्का वर्षा भएको छ भने सुदूरपश्चिमका जिल्लामा मध्यम खालको वर्षा भइरहेको उनले बताए ।
अहिले कैलाली र कञ्चनपुरमा वर्षा भइरहेको पनि मौसमविद् श्रेष्ठले जानकारी दिए। आज दिनभरि नै वर्षा नभए पनि यी क्षेत्रको मौसम बद्ली रहने उनले बताए । भोलि पनि यी तीन प्रदेशको मौसम यस्तै रहने अनुमान छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology