• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भियतनाममा भेटियो कोरोनाको नयाँ ‘हाइब्रिड’ भेरियन्ट, हावामार्फत सङ्क्रमण फैलने

भियतनाममा भेटियो कोरोनाको नयाँ ‘हाइब्रिड’ भेरियन्ट, हावामार्फत सङ्क्रमण फैलने


समायोजन खबर
  • आइतबार, जेष्ठ १६ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, भियतनाममा तीव्र गतिमा सङ्क्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ। भियतनाममा भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबीचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने गरेको पाइएको त्यहाँका अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

    भियतनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले नयाँ म्युटेशन निक्कै खतरनाक रहेको बताएका खबरमा उल्लेख छ । भियतनाममा पछिल्ला केही हप्तादेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा छ।

    सन् २०१९ को अन्त्यमा चिनको वुहानबाट कोरोना भाइरस सुरु भएयता हजारौँ पटक यो भाइरस म्युटेट भइसकेको छ। भियतनाममा देखिएको पछिल्लो भेरियन्टलाई अहिलेसम्मकै खतरनाक र सङ्क्रामक मानिएको छ । नयाँ भेरियन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology