समायोजन खबर खोटाङ, सरकारले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलल बजेट भाषणको शुरुवातमा कोरोना संक्रमणबाट मृत्यु भएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ। अर्थमन्त्री पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक अनुअघि कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।
उहाँले कोरोना महामारीको दोस्रो लहरका कारण देशको हरेक तहमा चूनौतीहरु थपिएको बताउनु भयो । उहाँले संक्रमणको जोखिम कायम रहने अवधि र प्रभाव यकिन नभएकाले संकटको समयमा प्रत्येक नेपालीको जीवनरक्षालाई सरकारले प्राथमिकता दिएको बताउनु भयो ।
अर्थमन्त्री पौडेलले महामारीको अवस्थामा पनि स्वास्थ्य सतर्कता अपनाउदै आर्थिक गतिविधिलाई निरन्तरता दिन प्रतिवद्ध रहेको बताउनु भयो ।
अर्थमन्त्री पौडेलले सरकारले जीवन रक्षालाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेको बताउनु भयो ।मन्त्री पौडेलले श्रमिकले काम र रोजगारी गुमाएको बताउँदै संकटको यस समयमा जीवन रक्षालाई सबैभन्दा ठूलो प्राथमिकता मानेको बताउनु भयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology