• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

देखिन थाल्यो ‘यास’ चक्रवातको प्रभाव, सतर्कता हुन आग्रह

देखिन थाल्यो ‘यास’ चक्रवातको प्रभाव, सतर्कता हुन आग्रह


समायोजन खबर
  • मंगलबार, जेष्ठ ११ २०७८

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, बङ्गालको खाडीमा रहेको यास चक्रवातको प्रभाव नेपालमा पनि देखिन थालेको छ। लुम्बिनी प्रदेश हुँदै काठमाण्डौ उपत्यकासम्म नै बादलका रुपमा यास चक्रवातको प्रभाव देखिन थालेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो।

    चक्रवातको प्रभावले दिउँसोपछि सुदूरपश्चिम बाहेकका सबै प्रदेशहरुमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। बङ्गालको खाडीमा रहेको चक्रवात आज र भोलि शक्तिशाली बनेर उत्तरपश्चिमतर्फ जाने देखिएको महाशाखाले जनाएको छ।

    चक्रवातको प्रभाव अबका केही दिन नेपालमा पनि देखिने भन्दै जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिनमार्फत सबैलाई सुरक्षित रहन अनुरोध गरेको छ। चक्रवातको कारण आज दिउँसोपछि वाग्मती प्रदेश र प्रदेश(१ का उच्च हिमालीरपहाडी भूभागका केही ठाउँमा हिमपात र हावाहुरी लाग्ने सम्भावना रहेको mausamमौसमविद् समिर श्रेष्ठले बताउनुभयो।

    भोलिदेखि केही दिन देशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्ययम खालको वर्षा र प्रदेश(१, प्रदेश(२, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने छ। पर्सि बिहीवार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।

    मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनापानीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology