समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा थप १४ जनामा कोरोना संक्रमण पूष्टि भएको छ। आईताबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा र याम्खामा परीक्षण गर्दा संक्रमितहरु फेला परेको हो।
टेम्माको ज्यामिरेमा २५ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा र याम्खामा दुई जनामा कोरोना संक्रमण देखिएको गाउँपालिकाले जनाएको छ।
हालसम्म गाउँपालिकामा ५० जनाको परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको छ । कूल २१ संक्रमितमध्ये स्वासप्रस्वासमा समस्या देखिएपछि ४ जनालाई याम्खाको अस्थायी कोभिड अस्पतालमा राखिएको छ। अन्य होम आइसोलेसनमा छन्।
आईतबारदेखि दिप्रुङले सातै वडामा एन्टिजेन परीक्षण गर्ने काम सुरु गरेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology