समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लक्षण देखिएका नागरिकको एन्टिजेन परीक्षण गर्ने भएको छ। कोभिड संक्रमण तथा नियन्त्रण कार्यदलको बैठकले ९ जेठदेखि १२ जेठसम्म सातै वडामा एन्टिजेन परीक्षण गर्ने भएको हो।
बैठकले ९ जेठमा टेम्माको जय सरस्वती प्राथमिक विद्यालयमा, याम्खाको अस्थायी कोभिड अस्पताल याम्खामा, १० जेठमा डाँडागाउँ र सप्तेश्वर छितापोखरीको स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत मुस्ताक अहमद मन्सुरीले जानकारी दिए।
यस्तै, ११ जेठमा छोरम्बु र बतासेको स्वास्थ्य चौकीमा तथा १२ जेठमा छितापोखरीको स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गरिने छ।
बैठकले गाउँपालिकाभित्र कोरोना महामारीमा खट्ने पालिका प्रहरी र स्वास्थ्य कर्मचारीहरुको एक लाखको विमा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । यस गाउँपालिकामा हालसम्म छ जना संक्रिय संक्रमित छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology