समायोजन खबर खोटाङ, निर्वाचन आयोगमा नेकपा एमालेको माधव नेपाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता भएको छ ।
राईको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको हो। वैशाख ७ गते दर्ता भएको यो दलको चुनाव चिन्ह कलम माग गरिएको छ ।
पार्टीको महासचिवमा विनोद खुलाल हुनुहुन्छ । त्यसैगरी उपाध्यक्षमा कल्पना गुरुङ,सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल हुनुहुन्छ ।
निर्वाचन आयोगका आयुक्त दिनेशकुमार थपलियाका अनुसार संखुवासभाका राईले वैशाख ७ गते केन्द्रीय सदस्यसहितको विवरण पेश गरेर दल दर्ताका लागि निवेदन दिनु भएको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology