• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

माधव नेपालले भन्यो, नयाँ पार्टी खोल्छौ

माधव नेपालले भन्यो, नयाँ पार्टी खोल्छौ


समायोजन खबर
  • आइतबार, जेष्ठ ९ २०७८

  • माधवकुमार नेपाल ।

    समायोजन खबर खोटाङ, नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी गठन गर्ने भएको छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरुद्ध आन्दोलनका लागि प्रतिपक्षी दलसँग सहकार्यमा गरिरहेको यो पार्टीले नयाँ पार्टी गठन गर्न लागेको हो।

    ‘केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्‍याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ।’ उनले कान्तिपुर दैनिकमा अन्तर्वार्तामा भनेका छन्।

    त्यस्तै पत्रकारको पश्नमा, ‘तपाईंको समूहका स्थायी कमिटी सदस्यहरू अहिले नि एकै ठाउँमा हुनुहुन्छ’

    नेपालको जवाफ छ, ‘को–को हुनुहुन्थ्यो भनेर नसोध्नुस्, हाम्रो स्थायी कमिटी बैठक बसेको थियो र हामीले यही निर्णय गर्‍यौं।’ पत्रकारको प्रतिपश्न छ, ‘यही निर्णय भनेको नयाँ पार्टी खोलेर जाने भन्ने होरु’

    जवाफमा नेपाल फेरि भन्छन्, ‘स्वाभाविक हो नि।’ नेपाल पक्षको शनिबारको स्थायी कमिटी बैठकले ओलीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने निर्णय गरेको थियो।

    नेपालले पार्टी एकताका लागि गठन भएको कार्यदलको औचित्य समाप्त भएको बताएका छन्। ‘त्यो कार्यदलको औचित्य उहाँले सिध्याइदिनुभयो। यत्रो कार्यदल बनेको छ, सरसल्लाह गर्नुपर्दैनरु सोध्दै नसोधी संसद् विघटन गर्नेरु केही सल्लाह गर्नुपर्दैन रु अध्यादेश ल्याउनुअघि केही सल्लाह गर्नुपर्दैन ?’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology