• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एमालेले माग्यो १४ सांसदसँग स्पष्टीकरण, अब के होला ?

एमालेले माग्यो १४ सांसदसँग स्पष्टीकरण, अब के होला ?


समायोजन खबर
  • शनिबार, जेष्ठ ८ २०७८

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, नेपाल कम्युनिष्ट पार्टी एमाले वाग्मती प्रदेशसभाको संसदीय बोर्डले प्रदेशसभाका १४ सदस्यलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

    प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई कारबाहीको प्रक्रिया अगाडि बढाएको हो।

    राष्ट्रियसभाको उपचुनावमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेकोलगायत आरोप लगाएर प्रदेशसभा सदस्यलाई अनुशासन उल्लङ्घन गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरिएको नेकपा एमाले वाग्मती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए।

    उनीहरुले भोलि बेलुका ५ बजेभित्र स्पष्टीकरण पेश गर्नुपर्ने भनिएको छ। यस विषयमा एमालेभित्र तहल्का मच्चिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology