• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप ८,५२० जनामा कोरोना संक्रमण, २०३ को मृत्यु

थप ८,५२० जनामा कोरोना संक्रमण, २०३ को मृत्यु


समायोजन खबर
  • शुक्रबार, बैशाख ३१ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ५२० जनामा कोरोना संक्रमित पुष्टि भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २० हजार ९४८ जनाको पीसीआर विधि र ५३० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार ५२९ जना संक्रमित पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा २०३ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ४ हजार ६६९ जनाको मृत्यु भएको छ। हाल सक्रिय संक्रमितको संख्या एक लाख ७ ३३६ हजार पुगेको छ। ५१६ जना व्यक्ति क्वारेन्टाइनमा छन्।

    स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ६ हजार १३५ जना व्यक्ति निको भएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ३४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ४५८, भक्तपुरमा ३३५ र ललितपुरमा ५५६ जनामा गरी कुल ३ हजार ३४९ जना थपिएको जानकारी दिनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology