समायोजन खबर खोटाङ, खोटाङ र उदयपुरको सिमानामा रहेको सुनकोशी नदिमा अस्थायी रुपमा जडान गरिएको बेलिबृज खोल्ने तयारी गरिएको छ। वर्षायाममा यातायात संञ्चालन नहुने भएपछि बेलिबृज खोल्ने तयारी गरिएको हो।
गाईघाट–दिक्तेल सडक खण्डको फोक्सिङटारस्थित उदयपुर र खोटाङको सिमानामा सुनकोशी नदिमा अस्थायी रुपमा जडान गरिएको बेलिबृज १० जेठदेखि फुकाल्न शुरु गरिने गाईघाट–दिक्तेल सडक योजना उदयपुरले जनाएको छ। गतवर्ष मंसिर २७ गते ८४ लाख बजेटमा रेग्मी निर्माण सेवाले जडान गरेको बेलिबृज सोही कम्पनीले फुकाल्ने छ।
सडक विभागले वर्षैपिच्छे साउन भदौमा टेण्डर आव्हान गरेर बेलिबृज जडान गर्ने र खोल्ने गर्दै आएको छ । यसरी बेलिबृज लगाउने र फुकाल्ने गर्दा राज्यको करोडौ रकम खर्च भईरहेको छ ।
गाईघाट–दिक्तेल सडक खण्ड अन्तर्गत उदयपुर र खोटाङको सिमानामा सुनकोशी नदिमा सडक विभागको १९ करोड ६० लाख ९ हजार ९४१ रुपैयाँ लगानीमा आर्च ब्रिज डिजाइनको मोटरेबल पुल निर्माणमा संलग्न निर्माण व्यवसायीको चरम मनपरीले पुल नबन्दा हिउँदमा बेलिबृज लगाउने र वर्षायाम सुरु भएसँगै फुकाल्न गरिएको छ ।
बेलिबृज फुकाल्ने भएपछि देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभि र भारत कन्ट्रक्सन/सिद्धिसाई जेभिलाई आवश्यक निर्माण सामग्रीहरु भण्डारण गर्न भनिएको योजना प्रमुख ईन्जिनियर गोपाल प्रसाद खकुरेलले बताए।
देवनारायण पवन/मैनाचुली/खाम्पाचेले गाईघाट–दिक्तेल सकडखण्ड अन्तर्गत खोटाङतर्फ राजापानीको सिमपानीदेखी फोक्सिङटारसम्म २६ किलोमिटर र भारत कन्ट्रक्सन/सिद्धिसाईले गाईघाट–दिक्तेल सकड खण्डको महुरे–राजापानी (सिमपानी) २२ किलोमिटर सडक कालोपत्रेको काम गरिरहेको छ । दुबै खण्डमा कालोपत्रेको काम पनि गुणस्तरहिन र चरम ढिलासुस्ती छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology