• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

देउवा-दाहालबीच भेटर्वार्ता

देउवा-दाहालबीच भेटर्वार्ता


समायोजन खबर
  • बिहिबार, बैशाख ३० २०७८

  • समायोजन खबर खोटाङ, विपक्षी गठबन्धन सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिने समयसीमाको अन्तिम दिन बिहीबार बिहानैदेखि राजनीतिक दौडधूप र भेटवार्ता जारी छन्।

    केहीबेर अघिमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भेटवार्ता भएको छ । कांग्रेस र माओवादी कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि गृहकार्यमा छन् ।

    बिहीबार राति नौ बजेसम्म गठबन्धन सरकारका लागि दाबी पेश नगरे संसदमा ठूलो दलका नेतालाई प्रधानमन्त्री बनाउने विकल्प खुला हुने भएकाले देउवा र दाहाल गठबन्धन निर्माणको निर्णायक कोशिसमा भएको देखिन्छ ।

    आजै मात्र देउवा निवासमा जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले भेटवार्ता गर्नुभएको थियो । भेटमा नेता ठाकुर र महतोले सभापति देउवासँग आफु र आफ्नो दल नयाँ सरकार गठनको प्रक्रियामा नरहेको अवगत गराउनु भएको समाचार स्रोतको दावी छ ।

    जसपाको ठाकुर र उपेन्द्र यादव समूहको एकढिक्का समर्थन नभए गठबन्धन सरकारको अंकगणित पुग्दैन । जसपाको यादव समूहले साथ दिए एमालेको नेपाल समूहका सांसदहरुले राजीनामा दिएमा गठबन्धनको सरकार बन्न सक्ने देखिन्छ । तर नेपाल समूहले आफ्नो स्थिति स्पष्ट नपार्दा विपक्षी गठबन्धनको पक्षमा बहुमतको अंक अझै सुनिश्चत भएको छैन ।

    यसैबीच सभापति देउवाले भावी गठबन्धन निर्माणबारे छलफलका लागि आफ्नै निवासमा पदाधिकारी बैठक बोलाउनु भएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology