• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चार पत्रकारहरुलाई ‘प्रादेशिक पत्रकारिता’ पुरस्कार प्रदान

चार पत्रकारहरुलाई ‘प्रादेशिक पत्रकारिता’ पुरस्कार प्रदान


समायोजन खबर
  • शुक्रबार, बैशाख २४ २०७८

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवस २०७८ को उपलक्ष्यमा चार अग्रज पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेकोे छ।

    पुरस्कृत हुने पत्रकारमा गोविन्दचन्द्र क्षेत्री (झापा), गञ्जबहादुर दाहाल (झापा), कौशल चेम्जोङ (उदयपुर) र ललित भट्टराई (मोरङ) रहनुभएको छ । उहाँहरुलाई रु एक लाख र सम्मान पत्रद्वारा उपयुक्त समयमा सम्मान गरिने मन्त्रालयका सूचना अधिकारी विजयकुमार मगरले जानकारी दिनुभयो।

    मन्त्रालयले आव २०७४/७५ देखि प्रत्येक वर्ष दुई अग्रज पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएकामा गत वर्ष कोरोना महामारीका कारण सार्वजनिक समारोह गरी पुरस्कार वितरण गर्न कठिनाइ भएको तथा यस वर्ष गरी चार पत्रकारलाई पुरस्कार एवं सम्मान गर्ने मन्त्रिस्तरीय बैठकबाट निर्णय गरिएको हो।

    सो पुरस्कार प्रदान गर्नका लागि प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घ १ नं प्रदेश समितिका अध्यक्ष लीलाबल्लभ घिमिरे र निवर्तमान अध्यक्ष विक्रम लुइँटेल सदस्य रहनुभएको छनोट समिति गठन गरिएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology